Saturday, August 9, 2014

जलविद्युत् विकास: लाओसबाट सिकौं

मोदीको प्रस्ट धारणाले भारतसँग डिल गर्न केही सहज त हुनेछ। तर मोदी मन्त्रले जति नै मन्त्रमुग्ध पारे पनि छलफलको टेबलमा लेनदेनको कुरा आउँदा भारतीय कर्पोरेट र कर्मचारीतन्त्रसँग भिड्न सजिलो भने हुने छैन।

जुलाई ७ को साँझ लाओसको थाकेक सहरमा त्यहाँको चर्चित नामथेन २ जलविद्युत आयोजनाबाट सरकारले २५ वर्षमा २ अर्ब अमेरिकी डलर (करिब १ खर्ब ९० अर्ब रुपैयाँ) पाउने एक प्रस्तुति सुनियो। त्यसको एक सातापछिको अर्को साँझ नेपालको लगानी बोर्डले बानेश्वरमा गरेको प्रस्तुतिमा माथिल्लो कर्णालीबाट २५ वर्षमा सरकारले ४ खर्ब रुपैयाँ पाउने दाबी पेस गरेको थियो।
माथिल्लो कर्णालीको लाभ संसारभरि नै चर्चा भएको नामथेन २ भन्दा बढी आउने कुराले त्यति विश्वास लागेन। बोर्डका कार्यकारी निर्देशक राधेश पन्तलाई फेरि सोधियो। 'हामीले सोचे अनुसारकै साढे ५ रुपैयाँ प्रतियुनिटमा बिजुली बेच्न सकियो भने यति लाभ सरकारलाई हुन्छ नै,' पन्तले भने। यससँगै कर्णालीमा सरकारले २७ प्रतिशत निशुल्क सेयर र १२ प्रतिशत सित्तैमा बिजुली पनि पाउने भएकाले यो सम्भव भएको हो।
त्यतिबेला पन्तको टोली यस्तै लाभ र अन्य विषय समावेश भएको आयोजना विकास सम्झौता (पीडीए) लाई अन्तिम रूप दिइरहेका थिए। तयारी जुलाई अन्तिम साता नेपाल आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला उक्त आयोजना बनाउन अनुमति लिएको भारतीय कम्पनी जीएमआर र बोर्डबीच पीडीए गर्ने थियो।
तल्लो तटीय क्षेत्रमा बन्ने सिंचाइ परियोजनामा हिउँदमा दैनिक केही समयमात्रै पानी बगाएर बिजुली निकाल्ने (पिकिङ ड्याम) आयोजनाले पार्ने प्रभाव नयाँ मुद्दा बाहिर आएपछि त्यतिखेर पीडीए रोकियो। त्यसपछि अगस्त २ मा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा पनि पीडीए हुनसकेन।
यो सम्झौता कम्पनी र लगानी बोर्डबीच हुने भएकाले भारतीय उच्च नेतृत्व यसमा आवश्यक पर्दैनथ्यो। तर विद्युत उत्पादन र निर्यातमा मुलुककै पहिलो र उदाहरण कायम गर्नसक्ने आयोजना भएकाले दुवैतर्फका सरकारको यसमा चासो छ। जुन मोदीले प्रस्टै आफ्नो भ्रमण क्रममा राखे। उनले प्रस्टै भने, बिजुली बेचेर भारतको अन्धकार हटाउनुस् र आफू समृद्ध बन्नुस् ।
के यो सम्भव छ?
संसारका धेरै देशले बिजुलीलाई समृद्धिको आधार बनाइसकेका छन्। छिमकी भुटान त्यसको उदाहरण हो। त्यहाको अर्थतन्त्रमा करिब ४५ प्रतिशत हिस्सा विद्युतको छ। उसको पनि बजार भारत नै हो। तर यसमा धेरैले भारतको हैकम सहेर भुटानले ऊर्जामा राम्रो सम्झौता डिल गर्न नसकेको व्याख्या गरिरहेका छन्।
भुटानजस्तो सम्झौता गर्नु राष्ट्रघाती भएको तर्क पनि बलियै छ। बिजुली बेचेर धनी हुन नसकिने अर्को तर्क पनि छ। त्योभन्दा बढी परम्परागत तर्क छ, देशभित्रकै स्रोतबाट बनाएर यहीं उपयोग नगरी बेच्नु हुँदैन भन्ने।
यसमा लाओसका सहायक ऊर्जामन्त्री विराफोन विरावोङको भनाइ यहाँ पनि सान्दर्भिक छ। उनी भन्छन्, 'विद्युतमा यति धेरै लागिपर्नुको कारण आफ्नै देशको विकास र यहींको उज्यालोका लागि हो। तर हाम्रो बजार सानो छ, बिजुली बिक्री नहुने भएपछि लगानीकर्ता आउँदैनन्, लगानी नआए आयोजना बन्दैन, त्यसैले छिमेकको बजार देखाएर हामी उत्पादन बढाउन विदेशी ल्याइरहेका छौं।'
हामीकहाँ पनि त्यही हो। मुलुकभरिका सबै वाणिज्य बैंकले एकमुष्ट लगानी गरे पनि १ सय ५० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्दैनन्। सञ्चय कोषजस्ता संस्थाको ठूलो रकम जलविद्युतमा लगाइयो भने उसको जोखिम व्यवस्थापनमा असर पर्छ। लगानी डुब्यो भने सर्वसाधारणको पैसा पनि जान्छ। फेरि कोषको सबै रकम राख्दा पनि अहिलेकै माग र आपूर्ति बीचको खाडल पुरा गर्ने बिजुली निकाल्न सकिँदैन।
फेरि विद्युतको लगानी निर्यात गरेर व्यापार घाटा कम गर्नेसम्म मात्रै सीमित छैन। नामथेनबाट लाओसको व्यापार घाटा कम गर्न खासै योगदान छैन। नामथेनको वाषिर्क कारोबार करिब २८ करोड डलर छ। माथिल्लो कर्णालीबाट भित्रिने रकमले वाषिर्क ६ खर्ब व्यापार घाटा बेहोरिरहेको मुलुकमा ठूलो राहत सुरुमै दिनेछ भन्नु हुँदैन।
तर निर्माणकै क्रमदेखि यसले बढाउने मागले अर्थतन्त्रमा हलचल सुरु हुन थाल्छ। सहायक उत्पादन र रोजगारको अवसर सिर्जना हुने हुँदा यसको असर अर्थतन्त्रका धेरै क्षेत्रमा देखिने हो। एकपछि अर्को लाभको ढोका खुल्ने हुँदा पहिलो आयोजनाको निर्माणले मुलुकमा ठूलो अवसर पहिल्याउँछ।
लाओसको उदाहरण लिने हो भने नामथेन २ को निर्माण सुरु भएयता.....- See more at: http://www.urjanews.com/details/788/%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%3A-%E0%A4%B2%E0%A4%BE%E0%A4%93%E0%A4%B8%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A5%8C%E0%A4%82#sthash.M4ObtPnL.dpuf

लोडसेडिङ बढ्यो

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागु हुने गरी लोडसेडिङ बढाएको छ
काठमाडौं, २२ साउन । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागु हुने गरी लोडसेडिङ बढाएको छ ।

सुनकोशीमा आएको पहिरोको कारणले ६७ मेगावाट विजुली उत्पादन अवरुद्ध तथा कटैयादेखि कुसाहा प्रशारण लाइनमा कण्डक्टर परिवर्तनको कारण देखाउँदै प्राधिकरणले लोडसेडिङ बढाउन लागेको हो । हाल हप्ताको ४७ घण्टा लोडसेडिङ रहेकोमा बढाएर ५९ घण्टा पुर्याएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए ।

प्राधिकरणको तालिका अनुसार, हाल दैनिक ७ घण्टा लोडसेडिङ रहेकोमा बढेर साढे घण्टा पुगेको छ ।
-------------------------------------------------------------------------------
Nepal Electricity Authority is announce to raising loadshedding hours by 60 hours weekly as a massive flood in the Sunkoshi River has affected electricity generation and transmission.
Flood has swept away two gates of 10-megawatt Sunkoshi hydropower project and submerged power house of Sunkoshi small hydropower project, which is being operated by Sanima Hydropower Ltd.
“The flood has also completely damaged one of the transmission lines of 45 MW Bhotekoshi Power Company and partially damaged three of its transmission lines. It has also affected 6 MW from 3 Chaku Khola projects and 3MW Bhairab Kunda project,” In total, 66.5 MW of power generation has been affected by the flood.
- See more at: http://www.urjanews.com/details/754/%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%E0%A4%AC%E0%A4%A2%E0%A5%8D%E0%A4%AF%E0%A5%8B#sthash.3CKQcuTV.dpuf

Monday, August 4, 2014

बाढी पहिरोका कारण ८० मेगावाट विद्युत् उत्पादन गर्न समस्या

काठमाडौं 
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको नयाँ तालिका प्रकाशित नगरे पनि देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण लोडसेडिङ बढ्ने सम्भावना बढेको छ । विद्युत् गृह तथा प्रसारणलाइनमा लाइनमा समस्या पुयाउँदा करिब ८० मेगावाट विद्युत् आपूर्ति कटौती भएकाले थप लोडसेडिङको सम्भावना बढेको हो ।
शनिबार राती आएको पहिरोले सुनकोसी नदी थुनिएपछि सो क्षेत्रका ७ जलविद्युत् आयोजनाको उत्पादनमा समस्या भएको छ । त्यसबाट करिब ६७ मेगावाट विद्युत् उत्पादनमा असर परेको छ । 
पहिराका कारण प्रसारणलाइनमा डुबाउँदा साढे २ मेगावाटको सानिमा हाइड्रो, ४५ मेगावाटको भोटेकोसी, १० मेगावाटको सुनकोसी, ३ मेगावाटको चाखुखोला, १ दशमलव ८ मेगावाटको मध्यचाकुखोला, १ दशमलव ६ मेगावाटको तल्लो चाखुखोला र ३ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना अवरुद्ध भएका छन्। 
सुनकोसी थुनिँदा सानिमा हाइड्रोको साढे २ मेगावाटको जलविद्युत् आयोजनाको पावरहाउस नै डुबेको छ भने प्राधिकरणको १० मेगावाटको सुनकोसी जलविद्युत् आयोजनाको ६ मध्ये २ वटा ढोका भत्किएका छन्। सानिमा हाइड्रोको पावरहाउससँग जोडिएको ११ केभी प्रसारण लाइनको १० वटा प्रसारण लाइनको टावर पनि भत्किएको छ । त्यस्तै माथिल्लो भोटेकोसीको १ सय ३२ केभी प्रसारण लाइनको एउटा टावर तार क्षति भएको छ । भैरवकुण्ड र चाकुखोलामा रहेका ३ आयोजनाबाटको ११ केभी प्रसारण लाइन पनि भत्किएको छ । प्रसारण लाइन भत्किएपछि ती आयोजना पनि अवरुद्ध छन् । 
डुबानमा परेको सानिमाको मात्रै करिब २५ करोड रुपैयाँ क्षति भएको कम्पनीको अनुमान छ । जेनेरटर, टर्वाइन, ट्रान्सर्फमर, कन्ट्रोल प्यानलजस्ता इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणसहित कर्मचारी आवाससमेत डुबेको छ ।
त्यस्तै पहिरो जा“दा पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बन्द भएको छ । कुस्मा नगरपालिका वडा नं १२ स्थित सो आयोजनाको प्रसारण लाइनमा पहिरोले क्षति पुयाएपछि उत्पादन बन्द भएको हो । 
आयोजनाको चुवा–पातीचौर प्रसारण लाइनको ३ नम्बर टावरमा पहिरोले क्षति पु¥याएपछि उत्पादन बन्द भएको आयोजनाका प्लान्ट म्यानेजर विपीन पौडेलले जानकारी दिनुभयो । - See more at: http://urjanews.com/details

Saturday, August 2, 2014

उद्दारमा गएका पाइलटको अनुभवः यस्तो विपत्ति कहिल्यै देखेको थिइँन (फोटो फिचरसहित)

हेलिकोप्टरको ककपिटबाट देखिएको घटनास्थल
BhotekoshiFlood  (7)दिपकजंग राना, फिस्टेल एयरका चालक
विहान आठ बजेको थियो । एकाएक एक खबर आयो, सिन्धुपाल्चोक जानु पर्ने । सिन्धुपाल्चोककोे जुरेमा पहिरोले सुनकोशी थुनिएको र घरहरु बगाएर मानवीय क्षति भएको खबरपछि हतार-हतार गयौं ।
जीवनमा धेरै आपतकालीन उद्दार गरेँ तर, यस्तो खालको विपत्ति देखेेको छैन । पहिरो झरेको ठाउँमा पुगेपछि एक छिन त म अक्क न बक्क भएँ, त्यहाँको अवस्था देखेर । पहिरो आएर पुरै नदी छेकेको छ ।
एक थोपा पनि पानी बगेको थिएन । यो कुनै काल्पनिक दृश्यझैँ थियो । कही बर्ष अघि हो मलाई ठ्याकै मिति याद भएन तर, मुस्ताङको तातोपानी थुनिदा कस्तो हुन्छ भन्ने देखेको थिएँ । त्यो बेला कालीगण्डकि यति डरलाग्दो तरिकाले थुनिएको थिएन, केही पानीको बगेको थियो तर, यहाँ त पानी ठप्प थियो ।
BhotekoshiFlood  (3)
म आपतकालीन उद्धारमा गएको थिएँ । घर पुरिएर धेरै घाइते थिए । तर, मैले पहिले एक जना विदेशीसहित तीन जनालाई हेलिकोप्टरमा सुताएर ल्याउनुपर्यो । अरुलाई स्थान अभवाका कारण ल्याउन सकिन ।
बेल्जीयमका एक नागरिक घरको तल सुतेका रहेछन् । उनी सुतेकै अवस्थाको कपडामा उद्दार गरेर ल्याएँ । अन्य केही ढाड भाँचिएर गम्भीर विरामी थिए ।
BhotekoshiFlood  (9)
BhotekoshiFlood  (8)
BhotekoshiFlood  (1)
BhotekoshiFlood  (2)
BhotekoshiFlood  (4)
BhotekoshiFlood  (5)
(राना फिष्टेल एयरका चालक एवं सुरक्षा निर्देशक पनि हुन् । उनीसँग भरतबन्धु थापाले गरेको कुराकानीमा आधारित)

स्रोत: अनलाईनखबर

पहिरोमा ८ जनाको शव फेला, १६ जनाको जिवितै उद्धार, तीन सय बढी बेपत्ता (१२:३० अपडेट)

1

पहिरोले थुनिएको क्षेत्र। तस्बिर : ध्रुव दंगालपहिरोले थुनिएको क्षेत्र। तस्बिर : ध्रुव दंगाल
सिन्धुपाल्चोक- पहिरोले भोटेकोशी थुनिएपछि त्यसवरपरका गाउँहरु उच्च जोखिममा परेको छ। राजधानीबाट आएको नेपाली सेनाको टोलीले पहिरोलाई विष्फोट गरी खुलाउने प्रयास गरिरहेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार राजधानीबाट नेपाली सेनाले अध्याधिक मात्रमा विष्फोटक पदार्थ ल्याइ खुलाउने प्रयास भइरहेको बताए।
त्यस्दै दोलखास्थित नागरिकन्युजकर्मी रमेश खतिवडाका अनुसार खाडीचौरतिर पानीको सतह बढेको छ। अरनी राजमार्थ आसपास रहेको बाह्रबिसे, लामोसाँघु, खाडिचौर, बलेखी, सुकुटे, पोठे र नदी आसपासका बासिन्दा सुरक्षित स्थानमा गएका छन्। केही मानिसहरु गाडी रिजर्भ गरी राजधानीतिर गएका छन्। केहीले भने हेलकप्टरबाटै सुरक्षित स्थान गइरहेको नागरिकन्युजकर्मी खतिवडाले बताए।
Landslide at Bhotekoshi-10
Landslide at Bhotekoshi-11
Landslide at Bhotekoshi-12
Landslide at Bhotekoshi-13
Landslide at Bhotekoshi-14
Landslide at Bhotekoshi-15
Landslide at Bhotekoshi-1
Landslide at Bhotekoshi-2
Landslide at Bhotekoshi-3
Landslide at Bhotekoshi-4
Landslide at Bhotekoshi-5
Landslide at Bhotekoshi-6
Landslide at Bhotekoshi-7

सुनकोशी नदी थुनिएपछि देखिएको भयावह दृश्य (फोटोफिचर)

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदीलाई थुन्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

स्थानीयबासीहरु सुरक्षित स्थानमा सारिएको छ भने डुवानमा परेका क्षेत्रको उद्दार कार्य जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको छ ।
घटनास्थलमा भएको उद्दार तथा डुवान क्षेत्रको विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको तस्वीर यस प्रकार छन्ः
sunkosi-13
sunkosi-5
sunkosi-4
sunkosi-3

sunkoshi-11
sunkosi-10
sunkosi-12

भीषण पहिरोका कारण सुनकोसी थुनियो, ७ जनाको शव फेला

सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदीका बाँध आज बिहानबाट थुनिएको छ । अहिलेसम्म ४ जनाको शव फेला परेको छ । भिषण पहिरो गएका कारण अन्य व्यक्तिहरु पनि पहिरोमा पुरिएको र बाढीले वगाएको आंशका गरिएको छ । जुरे र सुनकोशी छेउछाउका बजार पनि डुवानमा परेका छन् । १६ जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सानीमा हाइडोपावर  पनि डुब्न लागेको छ । पहिरोमा परी स्थानीय बासिन्दाका ४० घरमा क्षति पुगिसकेको बताइए पनि आधिकारिक जानकारी आफूहरुलाई प्राप्त नभएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए   यो क्षेत्र सदरमुकाम चौताराबाट ८० किलेमिटर टाढा पर्छ ।
पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन ।पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।
घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ । अहिले अरनिको राजमार्ग भने बन्द गरिएको छ  ।पहिरोले बिजुलीको पोल ढलेका कारण उक्त क्षेत्रमा विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।
घटना भएको खबरलगत्तै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्की त्यसतर्फ गएको जानकारी प्राप्त भएको छ ।  अहिले सुनकोशी माथि सेनाले हेलिकप्टर घुमिरहेको छ । खोला थुनिएका कारण उद्धार गर्न अहिले सकिएको छैन ।
अहिले सुनकोशी छेउछाउ भएर चल्ने सवारी साधनमा रोक लगाएको छ । बम ब्लाष्ट गरेर पानी खोज्नु पर्ने अवस्था छ । लामोसांगु,खाडिचौचौर,अधेरी,कोठे,बलेफी,सुकुटे लगायतका स्थानमा त्रासदी फैलिएको छ । मानिसहरुको भागाभाग छ । नदीको सतहबाट एक सय ३० मिटर पानीको तह माथि उठिसकेको प्रारम्भिक अनुमान छ । 
यसैबीच सुनकोशीमा पहिलो गएर बाँध थुनिएपछि केन्द्रीय दैवी प्रकोप उद्धार समितिले उद्धार कार्यलाई तिब्र पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृहमन्त्रालयमा बिहान भएको बैठकमा त्यसवरपरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सेनाको हेलिकप्टर पठाएको छ । 
बैठकले त्यहाँ उद्धार गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा छन् । नदीको बाँध थुनिएपछि उद्धारमा कठिनाइ गर्न सकिएको छैन् । घाइते भएका १६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाँध फुटाउन प्राविधिकहरुसँग सल्लाह लिने काम भइरहेको विपत व्यवस्थापन महाशाखाका सह सचिव  यादव कोइरालाले जानकारी दिए ।

पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, ४ जनाको जीवितै उद्दार

अपडेटः पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, ४ जनाको जीवितै उद्दार
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । उद्दार कार्यमा संलग्न सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहका अनुसार ८ जनाको शव फेला परेको छ । ४ जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेका १६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । उनीहरुको उपचारका लागि निजी विमानबाट अस्पताल लैजाने तयारी भइरहेको छ ।

अपडेटः उद्दारका लागि प्रधानमन्त्रीको निर्देशन, संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी
प्रधानमन्त्री सुशील कोइरालाले सुनकोशी नदीको बहावलाई सावधानिपूर्वक नियमित गर्न र धनजनको क्षतिबाट बचाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार बहाब रोकिएको नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान सबै स्रोत साधन परिचालन गर्न कोइरालाले निर्देशन दिएका छन् ।
यसैबीच केन्द्रीय दैवी प्रकोप उद्दार समितिले गरेको सिफारिस अनुसार सुनकोशी नदीबाट प्रभावित हुने क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणाका लागि पनि सरकारले पहल सुरु गरेको छ । बहाब रोकिएको नदी भन्दा तलको स्थानमा रहेको स्थानीयबासीलाई पनि अहिले सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ ।
अपडेटः सुरक्षित स्थान खोज्दै नदी किनारका बासिन्दा
हाम्रा सहकर्मी मात्रिका पौडेलका अनुसार ताल फुटेपछि हुने सम्भावित जोखिमका कारण नदी किनारका बासिन्दा निकै हतास र तनावमा छन् । अचानकको भबितब्यले उनीहरु आफ्नो ज्यान जोगाउने धाउन्नमा छन भने ताल फुटेपछि आउने बाढीले हुने भौतिक क्षतिको चिन्तामा छन् ।
प्रशासनको आग्रहअनुसार उनीहरु बस्ती खाली गरेर अग्लो स्थानतिर लागिरहेका देखिन्छन् ।
काभ्रेका पूर्व जिविस सभापति सरेश नेपालका अनुसार खाडीचौर र त्यसमाथिको पाङ्ग्रेटार क्षेत्र उच्च जोखिममा छन् । त्यस क्षेत्रबाट करिव ५ हजार मानिस सुरक्षित स्थानतिर लागेका छन् ।
यसैगरि बलेसी क्षेत्रका करिव दुई हजार बासिन्दा जोखिममा छन् । उनीहरु पनि सुरक्षित स्थानतिर लाग्दैछन् । पहिरो गएको स्थानभन्दा करिव १८ किलोमिटर तलको तल्लो दोलालघाट खाली भइसक्यो । त्यसबाहेक सुनकोसी किनारका सानातिना बस्ती पनि खाली भइसकेको छ ।
रामेछापको सिट्खा बजार र वारीपारीको क्षेत्र, सिन्धुुली मुलकोट, झाँगाझोली र खाल्टे, त्रिवेणी, खुर्कोट, सेलेघाट, लुभुघाटका करिव १० हजार मानिस जोखिममा छन् ।
सिन्धुलाल्चोक क्षेत्र न १ एमाले क्षेत्रीय अध्यक्ष केशव नेपालका अनुसार सुनकोसी पहिरोले करिव ४० घर बगाएको, १० जना मानिस बेपत्ता छन् ।
अपडेटः बिष्फोटको पहिलो प्रयास असफल
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार नेपाली सेनाले ताल बिष्फोट गराउन गरेको पहिलो प्रयास बिफल भएको छ । सुकुटेमा रहेका अनलाइनखबरकर्मी
मात्रिका पाैडेलका अनुसार बिष्फोट र उद्दारका लागि दुर्इ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरू अहिले सुकुटेमा बसेर समन्वय गरिरहेका छन् ।
…………………………
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा सुनकोशी नदी थुनिएको छ । पहिरोमा परेर चार जनाको मृत्यु भएको छ ।
बाह्रबिसेसँग जोडिएको राम्चे ५ को जुरे भन्ने स्थानमा गएको पहिरोले राति करिव ३ बजेतिर नदी थुनिएको हो । नदी थुनिएर ताल बनेपछि जुरेको २०/२५ घर डुवानमा परेका छन् ।
नदी २ सय मिटरभन्दा माथी आइसकेको प्ररम्भीक अनुमान छ जहाँ करिव ५ किलोमिटर लामो ताल बनेको छ । तालका कारण अरनिको राजर्माग समेत डुवानमा परेको छ ।
घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार पहिरोमा परका चार जनाको शव भेटिएको छ भने नेपाली सेनाको हेलिकोप्टरमार्फत् १६ जनाको उद्दार गरिएको छ ।
ताल फुटाउन नेपाली सेनाको नेतृत्वमा प्राबिधिक टोली पठाइएको गृह मन्त्रालय बिपद् ब्यबस्थापन बिभागका सहसचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो । ताल फुटाउँदा तल रहेका बस्ती नबगाओस् भनेर सावधानीसाथ विष्फोट गराउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
sunkosi-10
पहिरोले थुनिएर बनेको ताल फुटेपछि त्यसभन्दा तल रहेका बजार बस्तीहरू बाढीमा पर्ने जोखिम देखिएको छ । जसका कारण स्थानीय प्रशासनले माइकिङ गरेर बाह्रविसे, लामोसाँघु, खाडिचौर, दोलालघाट, विर्तादेउराली लगायत सुनकोशी नदी किरानका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
गृह मन्त्रालय आपतकालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ ।
sunkosi-4
बिहान ६ बजे घटनास्थल पुगेका प्रत्यक्षदर्शी इन्जिनियर कपिल धितालका अनुसार थुनिएको नदीको क्षेत्र फैलिरहेको छ । नदीमा २ सय मिटर उचाइसम्म पानी जमेको छ ।
थुनिनेक्रम जारी रहँदा पानीको सतहले जुरेका दर्जनौ घर, अरनिको राजमार्ग पुरै डुवानमा परेको छ भने सुनकोशी हाइड्रो पावरसम्म पानी आइसकेको छ ।
आफूहरु शुक्रबारमात्रै उक्त क्षेत्रको निरीक्षणमा गएको भन्दै धितालले पहिरो जाने सम्भावना भएपनि यति चाँडै जाने भन्ने नभएको बताए । उक्त पहिरोलाई व्लास्टिङ गरेर केही भाग खोलाए समस्या समाधान हुने उनले बताए । एकै चोटी नदी खोलिए तल्लो क्षेत्रमा पनि जोखिम बढ्ने बताए ।
पूर्व जलस्रोतमन्त्री एवं जलस्रोतबिद् दीपक ज्ञवालीका अनुसार यस्तो अबस्थामा सुरक्षित तरिकाले ताल फुटाउनुको बिकल्प छैन् । यस्तो अबस्थामा तालभन्दा तल रहेका बस्ती जोगाउनु सवैभन्दा ठूलो चुनाैती हुने छ ।
सामाजिक सञ्जालबाट प्राप्त तस्वीरहरूः
sunkosi-5
sunkosi-6
sunkosi-7
sunkosi-8
sunkoshi-11
sunkoshi-block
- See more at: http://www.urjanews.com

भारतको नियत ठीक छैन

दीपक ज्ञवाली, पूर्वजलस्रोतमन्त्री
नेपालले सन् २०१० मा भारतलाई विद्युत् व्यापारसम्बन्धी मस्यौदा पठाएको थियो । तर, नेपालले पठाएको मस्यौदाको जवाफै नदिईकन भारतले अर्को मस्यौदा पठायो । यो आपत्तिजनक छ ।
भारतले आफ्नो हित हुनेगरी मस्यौदा पठाएको छ । नेपालको हित हेर्ने भनेको नेपाली पक्षले हो । यस्तो प्रस्ताव आउँदा पनि जनताको वारेसनामा लिएर बसेका सांसदहरू टुलुटुलु हेरेर बसेका छन् । नयाँ संविधान बनिसकेको नभए पनि हामीसँग अन्तरिम संविधान छ । अन्तरिम संविधानको धारा १५६ मा मुलुकलाई दीर्घकालीन र गम्भीर असर पुग्ने सन्धि–सम्झौता संसद्ले अनुमोदन गर्नुपर्ने उल्लेख छ । ०४७ सालको संविधानको धारा १२६ मा यस्तै व्यवस्था थियो, जसकारण टनकपुर काण्डमा रडाको मच्चिएको थियो ।
भारतले पठाएको मस्यौदाबारे संसद्लाई औपचारिक रूपमा जानकारीसम्म गराइएको छैन । एकाध माननियले चीर निद्राबाट उठेझैँ गरी मस्यौदाबारे संसदमा कुरा उठाउनुभएछ । यसअघि उहाँहरूलाई पाँच करोडमा दाइँ गर्न पाइएला कि नपाइएला भन्नेमा चिन्तन गर्दैमा फुर्सद् थिएन ।

यसपटक भारतले पठाएको मस्यौदाबाट ऊ हिमाली भेगको विकास इष्ट इन्डिया कम्पनीको मोडेलबाट गर्न चाहन्छ भन्ने पुन: प्रस्ट भएको छ । हामीलाई स्वावलम्बी विकास चाहिएको छ । तर, भारतले नेपालमा परावलम्बी विकास लाद्न खोजेको छ । भारतले पठाएको मस्यौदाबाट उसको यस्तो नियत प्रस्टसँग झल्किन्छ । नेपालको विकास औपनिवेशिक मोडेलबाट होस् भन्ने उसको ध्येय छ
यस्तै मोडेलको विकास भुटानले भारतबाट स्वीकार गरेको छ । त्यसैकारण भुटानले प्रतिरक्षा तथा बाह्य मामिलामा स्वतन्त्र निर्णय गर्न पाएको छैन । भुटानले उत्तरको छिमेकी राष्ट्र चीनसँग दौत्य सम्बन्ध कायम गर्न पनि सकेको छैन । केही समयअघि यस्तो प्रयास गरेको थियो, तर भारतले भाँजो हाल्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार सम्हालेलगत्तै भुटान गएर त्यहाँ भारतीय प्राधिकार रहेको स्पष्ट जनाउ दिए । भ्रमणका क्रममा उनले भुटान सरकारलाई थिम्पुमा चिनियाँ दूतावास खोल्न दिन्नँ भन्ने कबुल गराए । भारतले यसपटक प्रस्ताव गरेको जलविद्युत् क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौताको मस्यौदा भुटानमा अभ्यास गरिएको मोडलजस्तै छ । के नेपालका सत्तासञ्चालकले नेपाललाई भुटानकै स्तरमा झार्न खोजेको हो ?
मस्यौदा नेपालको हितअनुकूल छैन । मस्यौदाअनुरूपका काम अघि बढ्ने हो भने भारतीय कम्पनी नेपालमा आउँछन्, जलविद्युत् आयोजना बनाउँछन्, नेपाललाई कृपा गरेर अलिकति दिएजस्तो गर्छन् र बाँकी विद्युतले आफ्नै देश उज्यालो बनाउँछन् । यस्तो मोडेलबाट नेपालको विकास सम्भव छैन ।
हामीले जलविद्युत् क्षेत्रमा फड्को मार्नै सकेनौँ । सय वर्षमा सात सय मेगावाटका जलविद्युत् आयोजना मात्रै बनायौँ । जलविद्युत्को विकास हुन नसक्दा त्यति नै मात्रामा जेनेरेटरबाट विद्युत् उत्पादन गर्नुपरिरहेको छ । तर पनि अपुग छ । सस्तो र भरपर्दो बिजुली उपलब्ध भएमा उद्योग स्थापना गर्न लगानीकर्ताहरू विदेशबाट समेत आउँछन् । सबै बिजुली भारततिर पठाएपछि उद्योग उतै खुल्छन् । यसबाट हामीले के पाउँछौँ ? नेपालले मस्यौदा स्वीकार गर्ने हो भने केही मानिसले कमिसन पाउलान्, दुई/चार महल ठडिएलान् । तर, देश झन् बढी गरिब र परनिर्भर बन्दै जानेछ ।
सन् २०१७ पछि नेपालमा आवश्यकभन्दा बढी विद्युत् उत्पादन हुन्छ भनिँदै छ । बढी उत्पादन भएको राम्रै हो । तर, नेपालको विकास पनि सँगसँगै गर्दै जाने हो भने उत्पादित सबै बिजुली यहीँ खपत हुनेछ । नेताहरूले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउने सपना देखाउने गरेका छन् । ती देशमा प्रतिव्यक्ति ऊर्जा खपत कति छ भनेर नेताहरूले सोचेका होलान् ?
अहिले हामी विद्युत् निर्यातबारे कल्पना गर्नै नसक्ने अवस्थामा छौँ । विद्युत्को माग र आपूर्तिबारे अहिले भइरहेको प्रक्षेपण गलत छ । दुई हजार मेगावाट हामीलाई तत्काल चाहिएको छ । खाडीमा भासिरहेको नेपाली जनशक्तिलाई नेपालमै रोजगारीको अवसर दिलाउनेगरी पाँच वर्षभरि तीव्र औद्योगिकीकरणको दिशामा अग्रसर हुनका लागि हामीलाई पाँच हजार मेगावाट चाहिन्छ । यस्तोमा हामीले कसरी भारतमा विद्युत् निर्यात गर्ने ? हाम्रो घर अँध्यारो पारेर उता उज्यालो पार्ने नियतले अहिले कुरा उठाउने काम भइरहेको छ ।
एकछिनका लागि मानिदिउँ कि नेपालमा विद्युत् चाहिनेभन्दा बढी उत्पादन हुन्छ रे । बढी भएको विद्युत् बेच्ने भनेको भारतलाई नै हो । तर, भारतले यसको उचित मूल्य दिँदैन । नेपालको पानी सित्तैमा लिने र बिजुली लागत (परल) मूल्यमा खरिद गर्ने उसको नियत छ । भुटानमा उसले यस्तै गरिरहेको छ ।
पानी व्यर्थमा बगिरहेको छ, यसको उपयोग गर्न खोज्दा किन बखेडा झिक्नु भन्ने पनि सुनिँदै छ । पानी त ऋषिमुनीको पालादेखि निरन्तर भारततर्फ बगिरहेको छ । पानी बगेकोमा आपत्ति किन ? भारतले नेपालबाट बगेर गएको पानीबाट लाभ उठाएकै छ नि । तर, त्यति पानीले नपुगेपछि भारतले अतिरिक्त खोजिरहेको छ । यसका लागि नेपालको विकल्प उसले देखेको छैन
। नेपालमा बडाबडा बाँध बनाएर पानी सञ्चय गर्ने उसको योजना छ । पैसा खर्च गरेर बाँध बनाई सञ्चय गरिएको पानीलाई बगिरहेको पानी भनिँदैन । त्यो उत्पादित पानी हो । फ्याक्ट्रीमा उत्पादन गरिएको मिनरल वाटर सित्तैमा पाइन्छ ? त्यसै बगिरहेको पानी हो, म सित्तैमा लिएर जान्छु भन्दा फ्याक्ट्रीवालाले तपाईंलाई चड्कन लगाउँछ कि लगाउँदैन ? अनि, त्यस्तै प्रस्ताव लिएर आउने भारतीयहरूलाई चाहिँ हामीले तामझामका साथ स्वागत गर्ने?
बाँध बनाएर भण्डारण गरिएको पानी बहुमूल्य हुन्छ । सुख्खा समयमा बाँध खोलेपछि छुट्ने पानी अमृत बराबर हुन्छ । त्यही अमूल्य पानी हिँउदमा लैजाने योजना भारतको छ । लखनउको प्रचण्ड गर्मीमा सिञ्चित पानी लैजान खोजेको छ, उसले
लखनउमा उच्च बाँध बन्दैन । भारतले बाँध बनाउने भनेको नेपालमै हो । उच्च बाँध बनाउने हो भने बझाङ, डोटी, धनकुटा, भोजपुरलगायत जिल्ला डुबानमा पर्नेछन् । हाम्रो गाउँघर डुबाएर सञ्चित गरेको पानीले सिँचाइ गरेर लखनउमा दुईदेखि तीन बाली लागाइन्छ ।
जलविद्युत्मार्फत पेट्रोलको प्रयोगमा कमी ल्याउन सकिन्छ । विद्युतीय रेल सञ्चालन गर्न सकिन्छ । पानीबाट सिँचाइ गरी दुई/तीन बाली लगाउन सकिन्छ । यसो गरेर पो धनी भइन्छ । यहाँ चाहिँ उल्टो भारतलाई नदीनाला सुम्पिएर धनी बन्न खोजिँदै छ । भण्डारण गरिने पानीमा
मत्स्यपालन गर्न सकिन्छ । बर्खामा जम्मा गरेको पानीले हिउँदमा खोलाको सतह बढाइदिन्छ । जलपारवहन सञ्चालन गर्न सकिन्छ । कर्णाली–चिसापानी आयोजना बनेमा भारतको कलकत्तासम्म पानीको बहाव दोब्बर हुनेछ । नेपालमा बाँध बनाइदिएबापत उसले सित्तैमा फाइदा लिन पाउँछ । तर, भारतले नदीसम्बन्धी सम्झौतामा विद्युत्मा मात्रै जोड दिएजस्तो गर्दै आएको छ ।
भारतमा बिजुलीको ठूलो माग छ, तर स्रोत छैन । उत्तर भारतमा मात्रै २० हजार मेगावाट अपुग छ । यस्तोमा उत्तर भारतबाट विद्युत् ल्याएर लोडसेडिङ अन्त्य गर्छु भनेर केहीले खोकिरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले चुनाव जितेको बनारसमा दिनमा पाँच घण्टा पनि बत्ती आउँदैन । बिजुली बच्यो भने मोदीले सद्भाव प्रदर्शन गर्दै नेपाललाई देलान् कि बनारसलाई ?
क्रस बोर्डर प्रसारण लाइन निर्माण पनि गलत रूपमा भइरहेको छ । भारतबाट छोटो समयमा बिजुली ल्याउने नै हो भने क्रस बोर्डर प्रसारण लाइन काकडभिट्टा– सिलगुडीमा बनाउनुपथ्र्यो । त्यहाँ बिजुली बढी भएकाले ल्याउन सकिन्थ्यो । तर, क्रस बोर्डर प्रसारण लाइन बिहार र उत्तर प्रदेश जोड्ने ढल्केवर–मजफ्फपुर र बुटवल–गोरखपुरमा बनाउन खोजिँदै छ । भारतीय कम्पनीले नेपालमा होल्ड गरेका आयोजना बनेपछि बिजुली लैजान ती लाइन बनाउन लागिएको हो ।
हाम्रा वीर पुर्खाले नेपाललाई उपनिवेश हुनबाट जोगाए । आफूलाई साम्यवादी र लोकतान्त्रिक समाजवादी भन्नेहरूले यस्तो आपत्तिजनक मस्यौदा स्वीकार गर्न खोजेर नेपाललाई उपनिवेश बनाउन लागेका छन् । खोलानाला बेचेर जनतालाई गरिबी र अन्धकारमा राख्न खोज्नु माक्र्सवाद र बिपीको समाजवाद हो ? नेपालमा उत्पादन हुने सबै बिजुली पारिपट्टि पुर्‍याउने, त्यहाँ औद्योगिकीकरणको लहर ल्याउने अभियानमा नेपालका नेताहरू अग्रसर भएझैँ देखिन्छ ।
भारतले पठाएको मस्यौदाको कुन बुँदा ठिक छ र कुन छैन भन्नेमा छलफल गर्नु नै बेकार छ । यसको नियत नै ठिक छैन । नियतमै खोट भएपछि बुँदामाथि छलफल गर्नुको कुनै अर्थ रहँदैन ।
पानी र बिजुली बेच्दा हामीले बजार मोल खोज्नुपर्छ । भारत हाम्रो एक मात्र मित्र होइन । चीन, अमेरिकालगायत हाम्रा अन्य मित्र पनि छन् । उनीहरूसँग मिलेर पनि हामी जलविद्युत्को विकास गर्न सक्छौँ । विद्युत् बचेछ भने भारतलाई बेच्न सक्छौँ । यसो गर्दा हामीले बजारमूल्य माग्नुपर्छ । तर, भारतले आफैँ मोल तोकेर बिजुली लैजाने नियत राखेको छ ।
मस्यौदाको
सिद्धान्त र दिशा नै ठिक छैन । कसैकसैले नमिलेका
बुँदा मिलाएर सम्झौता गरे भैगो नि भनेको सुनिन्छ । यो एकदमै गलत हो । भारतसँग पानीका विषयमा छलफल गर्न दुई मुलुकबीच जलस्रोत सचिव रहेको संयुक्त संयन्त्र निर्माण गरिएको थियो । भारतकै दबाबमा जलस्रोत मन्त्रालय टुक्राएपछि संयन्त्र निकम्मा हुन पुग्यो । भारतमा भन्दा पहिले नेपालमा छुट्टै जलस्रोत मन्त्रालय बनेको थियो । यसलाई टुक्राइयो । भारतले ‘तिमीहरूलाई ऊर्जा मन्त्रालय भए भइहाल्यो नि’ भन्यो किनभने ऊ नेपालको पानीसम्बन्धी मुद्दालाई ओझेलमा पारेर कब्जा गर्न चाहन्छ ।
अहिले हामीसँग जल तथा ऊर्जा आयोग छ । यसमा १२ जना सचिव सदस्य छन् । भारतले पठाएको मस्यौदालाई आयोगमा छलफल गरी पास गराएको भए हुन्थ्यो । १२ जना सचिवले सल्लाह दिन्थे । तर, नियोजित रूपमा नेपालको संस्थागत क्षमतामा क्षति पुर्‍याउँदै भारतले नेपालका स्रोत कब्जा गर्ने काम गरिरहेको छ ।
बिजुलीको राम्रो बजार भारतमा होइन, नेपालमा छ । यहाँ दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गर्छ । तर, विद्युत् उत्पादन गरेर यो बजारमा बेच्न उद्योगी–व्यापारीले पाइरहेका छैनन् । कहिले विद्युत् खरिद सम्झौता हुँदैन, कहिले ट्रेड युनियनले भाँजो हाल्छ । आफ्नै बजारमा विद्युत् आपूर्ति गर्न नसकिरहेको वेलामा २० हजार मेगावाट माग भएको भारतमा आपूर्ति गर्छौं भन्नु मुर्खता हो ।
प्रस्तुति: सचेन गौतम
तस्बिर : सतीश पोख्रेल
स्रोत: नयाँ पत्रिका
- See more at: http://www.urjanews.com/