Saturday, December 23, 2017

नेपाल नविकरणिय उर्जा परिसंघ प्रथम साधारण सभा सम्पन्न

पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजिवनका लागि आवश्यक उर्जामा सबैको पहुँच पु¥याउनका लागि नविकरणीय उर्जाका श्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार सो संवन्धमा व्यवसायीहरु, प्राविधिकहरु र सर्व साधारणलाई समेत तालिम दिने, र वैकल्पिक उर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपूर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, विक्रीपछि मर्मत सम्भार गर्ने, आदी व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्महरुको छाता संगठनहरु, गैरसरकारी संस्थाहरु र लव्ध प्रतिष्ठित प्राविधिकहरु, व्यवसायीहरु र उद्यमीहरुलाई एकै छाता मुनि गोलबन्द भै अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु सञ्चालन गरी व्यवसायिक हक हित रक्षा गर्न एउटा सिंगो संगठनको रुपमा काम गर्न स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिहरुसँग परामर्श तथा सहयोग लिई दिई सहकार्य समेत गर्न स्थापना गरिएको नेपाल नविकरणीय उर्जा परिसंघको प्रथम साधारण सभा २०७४ पौष ०७ गते शुक्रबार धुलिखेलमा सम्पन्न भयो । नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल सौर्य तापीय उर्जा संघ, जल तथा उर्जा परार्मदाता संघ नेपाल, बायोग्यास सेक्टर पार्टनरशिप नेपाल र श्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) नविकरणीय उर्जा परिसंघमा आवद्ध रहेका छन् । 
परिसंघको साधारण सभाको उद्घाटन पूर्व मन्त्री तथा परिसंघका सल्लाहकार संयोजक गणेश शाहले गर्नुभयो । उक्त अवसरमा बोल्दै शाहले नविकरणीय उर्जा प्रविधि र व्यापकता विश्वभरि नै परिवर्तनशील रहेको र नेपालले प्राप्त गर्ने अवसरहरु सदुपयोग गर्न परिसंघ एउटा माध्यम भै संवन्धित निकाय तथा संघ संस्थाहरुमा कार्य सहजताको वातावरण निर्माण परिसंघबाट अग्रसरताका साथ पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सबैले नेपालीले नविकरणीय उर्जा बारे जानकारी प्राप्त गर्न, उपयोगको लागि पहुँच हुन र लगानीका लागि अवसर सिर्जना गर्नका लागि संवद्ध निकायहरु, सरोकारवालाहरु र परिसंघकोको तदारुकता आवश्यक छ भन्नु भयो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले वैकल्पिक उर्जा प्रवद्र्धन गर्नमा केन्द्र सफल रहेको बताउँदै आगामाी दिनमा संघीय संरचना अन्तर्गत संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुका साथ सहकार्य गर्दै वैकल्पिक उर्जा प्रवद्र्धनका लागि कार्यक्रमहरु सञ्चालन गर्ने र निजी क्षेत्रको सहयोग रसहकायृबाट यस अघिका कार्यक्रमहरु सफल रहेको र निजी क्षेत्रका साथ अघि बढन परिसंघको पनि सहयोग र सदभाव रहने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा पूर्व उर्जा सचिव तथा संघीय संरचना निर्माण आयोगका प्रमुख बालानन्द पौडेलले मुलुकलाई उर्जाको माध्यमबाट समृद्ध बनाउन सकिने भएकोले मिश्रित उर्जा प्रविधिमा केन्द्रित भै स्थानीय सरकारहरुका साथ काम गर्न सहज वातावरण निर्माण गर्न परिसंघको महत्वपूर्ण भूमिका हुनसक्ने भएको औँल्याउनु भयो । 
प्रा.डा. प्रेम शर्मा, नबिन भुजेलले पनि नविकरणीय उर्जा प्रविधिको उत्थान र सबैको पहुँचमा पुग्न परिसंघबाट कार्यक्रमहरु अघि बढाउनु उपयुक्त हुनेछ भन्नु भयो । 
वातावरण तथा जलवायु परिवर्तन विज्ञ तथा अभियन्ता मञ्जित ढकालले सोही अवसरमा हालै जर्मनीको बोनमा सम्पन्न जलवायु परिवर्तन संवन्धि कोप २३ सम्मेलनमा भएका गरिएका गहन संवाद र सम्मेलनमा उठेका उठाइएका विवाद र सहमतिहरुको व्याख्या गर्दै नेपाल प्राप्त गर्न सक्ने अवसरहरुका चर्चा गर्नुभयो । त्यस महत्वपूर्ण विश्व भेलाबाट कम विकसित राष्ट्रहरु र नेपालले जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनका लागि सहयोग प्राप्त गर्न विगतका कोप २१ बाट प्रतिपादित पेरिस सहमति क्रियाशील गराउन पनि पहल गरिएको जानकारी गराउनु भयो । आजै गुण राज ढकालको अध्यक्षतामा कार्यकारी समितिको निर्वाचन सम्पन्न भयो । आगामी दुई वर्षको कार्यकालको लागि भएको उक्त निर्वाचनबाट तपसिल बमोजिम को कार्यसमिति निर्वाचित गरेको छ ।
अध्यक्ष : गुण राज ढकाल, जल तथा उर्जा परार्मदाता संघ नेपाल 
उपाध्यक्ष: उत्तम सिटौला, नेपाल सौर्य विद्युत उत्पादक संघ
कोषाध्यक्ष: हस्त पण्डित, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ
सदस्य: केशव राज खनाल, नेपाल सौर्य तापीय उर्जा संघ
सदस्य: कृष्ण प्रसाद देवकोटा, नेपाल लघु जलविद्युत विकास संस्था
सदस्य:  विश्व राज कार्की, बायोग्यास सेक्टर पार्टनरशिप नेपाल
सदस्य: तेज नारायण ठाकुर, नेपाल लघु जलविद्युत विकास संस्था
सदस्य: ऋषब राज आचार्य, नेपाल बायोग्यास प्रवद्र्धन संघ

सदस्य: कृष्ण प्रसाद पराजुली, नेपाल सौर्य विद्युत उत्पादक संघ


No comments:

Post a Comment