Friday, July 19, 2013

लमजुङको खुदी खोला पहिरोका कारण अवरुद्ध


  • उत्तरी लमजुडको घनपोखरा ८ प्रोभीमा पहिरो गएपछि खुदी खोला शुक्रबार विहानदेखि थुनिएको छ । प्रोभी भीरको चट्टान खसेपछि घनपोखरा र खुदीबीचमा खोला थुनिएर करिब एक सय ५० मिटर माथि पुगेको घटनास्थल पुगेका प्रहरीले जनाएका छन् ।


पहिरो रातिदेखि नै खस्न थालेपनि खोला विहान ७ बजेतिर थुनिएको स्थानीय शिक्षक बसन्त पौडेलले बताए । खोला थुनिएपछि शुक्बार विहान ९ बजेदेखि खुदी खोलामा निर्माण भएको ४ मेगावाटको खुदीखोला जलविद्युत आयोजना समेत बन्द भएको छ ।
खोला थुनिएपछि घनपोखरा, सिम्पानी र खुदी गाविसका नदी आसपासका बासिन्दाहरु त्रसित भएका छन् । खोलाका कारण खुदी प्रहरी चौकी, कृषि सेवा केन्द्र लगायत त्यस वरपरका करिब ९० घर जोखिममा परेको छ । थुनिएको खोला कुनै पनि बेला फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरी, सेना र शसस्त्रले १ सय २० घरलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको छ ।
सदरमुकामबाट खुदीसम्मको ६ किलोमिटर मोटरबाटो तथा करिब ४ घण्टाको हिडाइपछि पुगिने घटनास्थलमा प्रहरी, सेना र शसस्त्र बम विस्फोन गर्ने मेसिन सहित पुगेको थियो । घटनास्थलको सम्भावित खतरा अवलोकनका लागि काठमाडौंबाट आएको टोलीले हेलिकप्टरबाट रेकी गरेको छ । तर, खोला थुनिएको स्थान अत्यन्त अप्ठ्यारोमा रहेकाले खोल्ने प्रयास विफल भएको प्रहरी नायव उपरीक्षक (डीएसपी)गोरखसिंह भण्डारीले बताए ।
दिउँसो ३/४ बजेदेखि खोला विस्तारै बग्न थालेपनि पुन: बर्षा भइरहेकाले खतरा बढेको स्थानियबासीहरु बताउँछन् । खतराबाट जोगिन प्रभावित क्षेत्रका स्थानियबासीलाई स्थानीय प्रशासनले स्थानीय रेडियो तथा माइकिङ् गरी सतर्क गराएको छ । साथै प्रभावित क्षेत्रमा पुगेर सचेत समेत गराएको प्रनाउ भण्डारीले बताए ।  


No comments:

Post a Comment