Friday, July 28, 2017

नवीकरणीय ऊर्जा परिसंघ नेपाल को स्थापना

काठमाडौं, साउन १३ । पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशीताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजीवनका लागि आवश्यक ऊर्जामा सबैको पहुँच पु¥याउनका निम्ति नवीकरणीय ऊर्जा परिसंघ नेपालको स्थापना गरिएको छ ।
नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत विकास संघनेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल सौर्य तापीय ऊर्जा संघ, जल तथा ऊर्जा परार्मदाता संघ नेपाल र फोरम अफ रिन्युवल इनर्जी एसोसियसनस जस्ता संस्था नेपाल नवीकरणीय ऊर्जा परिसंघमा आवद्ध रहेका छन् । त्यसैगरी समान उद्देश्यका छाता संस्थाको रुपमा रहेका संघ संस्थाहरु परिसंघमा आवद्ध हुनसक्ने प्रावधान रहेको छ ।
यसअघि नविकरणीय ऊर्जा समन्वय समितिका नामले नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धनका लागि विभिन्न सरकारी, गैरसरकारी र दातृ निकायका साथ समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको थियो । पाँच वर्षको सक्रियतापश्चात परिवर्तित परिप्रेक्ष्यमा समयसापेक्ष रुपमा सघन रुपले क्रियाशील हुन र नवीकरणीय ऊर्जा प्रविधि सबैका लागि उपलब्ध तुल्याई कृषि, सिँचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार, साना तथा घरेलु उद्योग तथा यातायात जस्ता आर्थिक सामाजिक उत्थानका महत्वपूर्ण पक्षलाई पनि सवल तुल्याउन नवीकरणीय ऊर्जा परिसंघ सचेतना, उत्प्रेरणा र समन्वयका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परिसंघले नवीकरणीय ऊर्जाका स्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकताअनुसार सो सम्बन्धमा व्यवसायीहरु, प्राविधिकहरु र सर्वसाधारणलाई समेत तालिम दिनेछ । त्यस्तै वैकल्पिक ऊर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपूर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, बिक्रीपछि मर्मत सम्भार गर्नेलगायत व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्महरुको छाता संगठन, गैरसरकारी संस्थाहरु, प्राविधिक र व्यवसायी एकै छातामुनि गोलबन्द भइ अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तत्र्रिmया जस्ता कार्यक्रम सञ्चालन गरी व्यावसायिक हकहित रक्षा गर्न एउटा सिंगो संगठनको रुपमा काम गर्न स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिसँग परामर्श तथा सहयोग लिई दिई सहकार्य समेत गर्न उद्धेश्य लिएको छ ।
वैकल्पिक ऊर्जा नेपालको सन्दर्भमा राष्ट्रिय विद्युत् प्रसारण सञ्जाल अर्थात नेसनल ग्रिड नपुगेका वा पुग्न नसक्ने अति दुर्गम, दुर्गम वा सुगम गाउँ बस्तीमा बसोबास गर्ने जनताका लागि आवश्यक ऊर्जा उपलब्ध हुनसक्ने प्रविधि हुन् । पेल्ट्रिक सेटसमेतका लघु जलविद्युत् प्रविधि, सौर्य फोटो भोल्टेक, सौर्य तापीय, गोबर ग्यास मुख्य प्रविधिको रुपमा चलन चल्तीमा आएका हुन् ।
सरकारले वैकल्पिक ऊर्जाको विकास र विस्तारको लागि व्यापकता ल्याउने नीति कार्यान्वयनमा ल्याएपश्चात सार्वजनिक– निजी साझेदारी (पीपीपी) नीतिअन्तर्गत दुई दशक अगाडिदेखि नै नवीकरणीय ऊर्जा प्रविधिलाई अभियानको रुपमा अगाडि बढाएपछि यस क्षेत्रमा काम गरिरहेका निजी कम्पनी र फर्महरुका साथै गैरनाफामूलक संस्थाहरुले विभिन्न आ–आफ्ना छाता संस्थासमेत निर्माण गरी नवीकरणीय ऊर्जा क्षेत्रको संस्थागत विकासमा महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

सरकारबाट नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न प्राविधक तथा आर्थिक सहयोग उपलब्ध गर्न दुई दशक अघि स्थापना गरेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग नेपाल नवीकरणीय ऊर्जा परिसंघ समन्वायात्मक सहकार्य गर्दै आएको छ ।
यसैगरी महिला तथा गरिब र पिछडिएका वर्गका लागि ऊर्जामा पहुँच जोड दिँदै नेडरल्यान्डसको हिभोक भन्ने संस्था र इनर्जियाले हरित तथा समावेशी ऊर्जा कार्यक्रम नेपालमा सेन्टर फर रुरल टेकनोलोजी नेपालसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघ सो कार्यक्रमको एक साझेदार पक्षको रुपमा क्रियाशील छ ।
संस्थाले चालू आर्थिक वर्षका लागि सरकारको बजेटमा के कस्तो व्यवस्था भएको छ र उच्चतम् उपलब्धिका लागि सरोकारवाला निकायको भूमिका र सक्रियताको लागि विज्ञहरु र व्यवसायीको सहभागितामा संवाद कार्यक्रम सञ्चालन गरेको छ । मुलुक संघीय स्वरुपमा अघि बढिसकेको सन्दर्भमा केन्द्रीय, प्रादेशिक र स्थानीय निकायबाट नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन गर्दै सबैको लाभिको लागि के कस्तो नीति र विधि अवलम्बन गर्नु उपयुक्त हुन्छ भन्ने सन्वन्धमा पनि विज्ञ र व्यवसायीको उपस्थितिमा संवाद कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यस्तै नवीकरणीय ऊर्जा प्रविधिबाट कृषि क्षेत्रमा उपयुक्त उपलब्धि हासिल गर्न सकिने गरी प्रविधि र उपकरण सुलभ तुल्याउनका लागि पनि विज्ञहरु र व्यवसायीबीच संवाद गराउनुका साथै नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्ने लक्षित वर्गले प्रविधि र उपकरण प्राप्त गर्नका लागि अनुदान सहयोग र ऋणको उत्कृष्टतम व्यवस्थापन गर्न बैंकिङ क्षेत्रका लगानीकर्ताबीच पनि छलफल गराएको छ ।
शहरी क्षेत्रमा उत्पादन हुने फोहर सबैको लागि समस्या भएको तर त्यसबाट ग्यास तथा बिजुली उत्पादन गर्न सकिने प्रविधि प्रयोगमा ल्याउनु उपयुक्त हुने साथै कृषि उत्पादनबाट निस्किने फाल्ने गरिएका वस्तुबाट र वन जंगलबाट उत्पादनबाट निस्किने फाल्ने वस्तुबाट ऊर्जा उत्पादन गर्ने प्रविधि प्रयोगमा ल्याउनका लागि नेपाल नवीकरणीय ऊर्जा परिसंघले विज्ञहरु र व्यवसायीबीच संवाद गर्दै आएको जनाएको छ ।
खानेपानी र सिँचाइको लागि बर्षातको पानी सञ्चय गर्ने प्रविधि शहरी एवं ग्रामीण क्षेत्रका जनता उपयुक्त हुनेबारे पनि परिसंघले विज्ञहरु र व्यवसायीहरुको सहभागितामा संवाद कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमबाट प्राप्त परामर्श र निष्कर्ष सम्बन्धित निकायलाई उपलब्ध गराई आवश्यक नीति निर्माण र कार्यक्रम सञ्चालन गर्नका लागि समन्वय गर्नका लागि परिसंघले आवश्यक तयारी गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment