Saturday, August 2, 2014

पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, ४ जनाको जीवितै उद्दार

अपडेटः पहिरोमा पुरिएका ८ जनाको शव भेटियो, ४ जनाको जीवितै उद्दार
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । उद्दार कार्यमा संलग्न सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहका अनुसार ८ जनाको शव फेला परेको छ । ४ जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेका १६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिंहले बताए । उनीहरुको उपचारका लागि निजी विमानबाट अस्पताल लैजाने तयारी भइरहेको छ ।

अपडेटः उद्दारका लागि प्रधानमन्त्रीको निर्देशन, संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी
प्रधानमन्त्री सुशील कोइरालाले सुनकोशी नदीको बहावलाई सावधानिपूर्वक नियमित गर्न र धनजनको क्षतिबाट बचाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार बहाब रोकिएको नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान सबै स्रोत साधन परिचालन गर्न कोइरालाले निर्देशन दिएका छन् ।
यसैबीच केन्द्रीय दैवी प्रकोप उद्दार समितिले गरेको सिफारिस अनुसार सुनकोशी नदीबाट प्रभावित हुने क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणाका लागि पनि सरकारले पहल सुरु गरेको छ । बहाब रोकिएको नदी भन्दा तलको स्थानमा रहेको स्थानीयबासीलाई पनि अहिले सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ ।
अपडेटः सुरक्षित स्थान खोज्दै नदी किनारका बासिन्दा
हाम्रा सहकर्मी मात्रिका पौडेलका अनुसार ताल फुटेपछि हुने सम्भावित जोखिमका कारण नदी किनारका बासिन्दा निकै हतास र तनावमा छन् । अचानकको भबितब्यले उनीहरु आफ्नो ज्यान जोगाउने धाउन्नमा छन भने ताल फुटेपछि आउने बाढीले हुने भौतिक क्षतिको चिन्तामा छन् ।
प्रशासनको आग्रहअनुसार उनीहरु बस्ती खाली गरेर अग्लो स्थानतिर लागिरहेका देखिन्छन् ।
काभ्रेका पूर्व जिविस सभापति सरेश नेपालका अनुसार खाडीचौर र त्यसमाथिको पाङ्ग्रेटार क्षेत्र उच्च जोखिममा छन् । त्यस क्षेत्रबाट करिव ५ हजार मानिस सुरक्षित स्थानतिर लागेका छन् ।
यसैगरि बलेसी क्षेत्रका करिव दुई हजार बासिन्दा जोखिममा छन् । उनीहरु पनि सुरक्षित स्थानतिर लाग्दैछन् । पहिरो गएको स्थानभन्दा करिव १८ किलोमिटर तलको तल्लो दोलालघाट खाली भइसक्यो । त्यसबाहेक सुनकोसी किनारका सानातिना बस्ती पनि खाली भइसकेको छ ।
रामेछापको सिट्खा बजार र वारीपारीको क्षेत्र, सिन्धुुली मुलकोट, झाँगाझोली र खाल्टे, त्रिवेणी, खुर्कोट, सेलेघाट, लुभुघाटका करिव १० हजार मानिस जोखिममा छन् ।
सिन्धुलाल्चोक क्षेत्र न १ एमाले क्षेत्रीय अध्यक्ष केशव नेपालका अनुसार सुनकोसी पहिरोले करिव ४० घर बगाएको, १० जना मानिस बेपत्ता छन् ।
अपडेटः बिष्फोटको पहिलो प्रयास असफल
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार नेपाली सेनाले ताल बिष्फोट गराउन गरेको पहिलो प्रयास बिफल भएको छ । सुकुटेमा रहेका अनलाइनखबरकर्मी
मात्रिका पाैडेलका अनुसार बिष्फोट र उद्दारका लागि दुर्इ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरू अहिले सुकुटेमा बसेर समन्वय गरिरहेका छन् ।
…………………………
१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा सुनकोशी नदी थुनिएको छ । पहिरोमा परेर चार जनाको मृत्यु भएको छ ।
बाह्रबिसेसँग जोडिएको राम्चे ५ को जुरे भन्ने स्थानमा गएको पहिरोले राति करिव ३ बजेतिर नदी थुनिएको हो । नदी थुनिएर ताल बनेपछि जुरेको २०/२५ घर डुवानमा परेका छन् ।
नदी २ सय मिटरभन्दा माथी आइसकेको प्ररम्भीक अनुमान छ जहाँ करिव ५ किलोमिटर लामो ताल बनेको छ । तालका कारण अरनिको राजर्माग समेत डुवानमा परेको छ ।
घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार पहिरोमा परका चार जनाको शव भेटिएको छ भने नेपाली सेनाको हेलिकोप्टरमार्फत् १६ जनाको उद्दार गरिएको छ ।
ताल फुटाउन नेपाली सेनाको नेतृत्वमा प्राबिधिक टोली पठाइएको गृह मन्त्रालय बिपद् ब्यबस्थापन बिभागका सहसचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो । ताल फुटाउँदा तल रहेका बस्ती नबगाओस् भनेर सावधानीसाथ विष्फोट गराउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
sunkosi-10
पहिरोले थुनिएर बनेको ताल फुटेपछि त्यसभन्दा तल रहेका बजार बस्तीहरू बाढीमा पर्ने जोखिम देखिएको छ । जसका कारण स्थानीय प्रशासनले माइकिङ गरेर बाह्रविसे, लामोसाँघु, खाडिचौर, दोलालघाट, विर्तादेउराली लगायत सुनकोशी नदी किरानका गाउँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
गृह मन्त्रालय आपतकालीन कार्य संचालक केन्द्रका अनुसार भोटेकोशीको ९० प्रतिशत पानी थुनिएको छ भने १० प्रतिशत मात्र पानी बगेको छ ।
sunkosi-4
बिहान ६ बजे घटनास्थल पुगेका प्रत्यक्षदर्शी इन्जिनियर कपिल धितालका अनुसार थुनिएको नदीको क्षेत्र फैलिरहेको छ । नदीमा २ सय मिटर उचाइसम्म पानी जमेको छ ।
थुनिनेक्रम जारी रहँदा पानीको सतहले जुरेका दर्जनौ घर, अरनिको राजमार्ग पुरै डुवानमा परेको छ भने सुनकोशी हाइड्रो पावरसम्म पानी आइसकेको छ ।
आफूहरु शुक्रबारमात्रै उक्त क्षेत्रको निरीक्षणमा गएको भन्दै धितालले पहिरो जाने सम्भावना भएपनि यति चाँडै जाने भन्ने नभएको बताए । उक्त पहिरोलाई व्लास्टिङ गरेर केही भाग खोलाए समस्या समाधान हुने उनले बताए । एकै चोटी नदी खोलिए तल्लो क्षेत्रमा पनि जोखिम बढ्ने बताए ।
पूर्व जलस्रोतमन्त्री एवं जलस्रोतबिद् दीपक ज्ञवालीका अनुसार यस्तो अबस्थामा सुरक्षित तरिकाले ताल फुटाउनुको बिकल्प छैन् । यस्तो अबस्थामा तालभन्दा तल रहेका बस्ती जोगाउनु सवैभन्दा ठूलो चुनाैती हुने छ ।
सामाजिक सञ्जालबाट प्राप्त तस्वीरहरूः
sunkosi-5
sunkosi-6
sunkosi-7
sunkosi-8
sunkoshi-11
sunkoshi-block
- See more at: http://www.urjanews.com

No comments:

Post a Comment