Monday, August 4, 2014

बाढी पहिरोका कारण ८० मेगावाट विद्युत् उत्पादन गर्न समस्या

काठमाडौं 
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको नयाँ तालिका प्रकाशित नगरे पनि देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण लोडसेडिङ बढ्ने सम्भावना बढेको छ । विद्युत् गृह तथा प्रसारणलाइनमा लाइनमा समस्या पुयाउँदा करिब ८० मेगावाट विद्युत् आपूर्ति कटौती भएकाले थप लोडसेडिङको सम्भावना बढेको हो ।
शनिबार राती आएको पहिरोले सुनकोसी नदी थुनिएपछि सो क्षेत्रका ७ जलविद्युत् आयोजनाको उत्पादनमा समस्या भएको छ । त्यसबाट करिब ६७ मेगावाट विद्युत् उत्पादनमा असर परेको छ । 
पहिराका कारण प्रसारणलाइनमा डुबाउँदा साढे २ मेगावाटको सानिमा हाइड्रो, ४५ मेगावाटको भोटेकोसी, १० मेगावाटको सुनकोसी, ३ मेगावाटको चाखुखोला, १ दशमलव ८ मेगावाटको मध्यचाकुखोला, १ दशमलव ६ मेगावाटको तल्लो चाखुखोला र ३ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना अवरुद्ध भएका छन्। 
सुनकोसी थुनिँदा सानिमा हाइड्रोको साढे २ मेगावाटको जलविद्युत् आयोजनाको पावरहाउस नै डुबेको छ भने प्राधिकरणको १० मेगावाटको सुनकोसी जलविद्युत् आयोजनाको ६ मध्ये २ वटा ढोका भत्किएका छन्। सानिमा हाइड्रोको पावरहाउससँग जोडिएको ११ केभी प्रसारण लाइनको १० वटा प्रसारण लाइनको टावर पनि भत्किएको छ । त्यस्तै माथिल्लो भोटेकोसीको १ सय ३२ केभी प्रसारण लाइनको एउटा टावर तार क्षति भएको छ । भैरवकुण्ड र चाकुखोलामा रहेका ३ आयोजनाबाटको ११ केभी प्रसारण लाइन पनि भत्किएको छ । प्रसारण लाइन भत्किएपछि ती आयोजना पनि अवरुद्ध छन् । 
डुबानमा परेको सानिमाको मात्रै करिब २५ करोड रुपैयाँ क्षति भएको कम्पनीको अनुमान छ । जेनेरटर, टर्वाइन, ट्रान्सर्फमर, कन्ट्रोल प्यानलजस्ता इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणसहित कर्मचारी आवाससमेत डुबेको छ ।
त्यस्तै पहिरो जा“दा पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बन्द भएको छ । कुस्मा नगरपालिका वडा नं १२ स्थित सो आयोजनाको प्रसारण लाइनमा पहिरोले क्षति पुयाएपछि उत्पादन बन्द भएको हो । 
आयोजनाको चुवा–पातीचौर प्रसारण लाइनको ३ नम्बर टावरमा पहिरोले क्षति पु¥याएपछि उत्पादन बन्द भएको आयोजनाका प्लान्ट म्यानेजर विपीन पौडेलले जानकारी दिनुभयो । - See more at: http://urjanews.com/details

No comments:

Post a Comment