Saturday, August 2, 2014

भीषण पहिरोका कारण सुनकोसी थुनियो, ७ जनाको शव फेला

सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदीका बाँध आज बिहानबाट थुनिएको छ । अहिलेसम्म ४ जनाको शव फेला परेको छ । भिषण पहिरो गएका कारण अन्य व्यक्तिहरु पनि पहिरोमा पुरिएको र बाढीले वगाएको आंशका गरिएको छ । जुरे र सुनकोशी छेउछाउका बजार पनि डुवानमा परेका छन् । १६ जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सानीमा हाइडोपावर  पनि डुब्न लागेको छ । पहिरोमा परी स्थानीय बासिन्दाका ४० घरमा क्षति पुगिसकेको बताइए पनि आधिकारिक जानकारी आफूहरुलाई प्राप्त नभएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए   यो क्षेत्र सदरमुकाम चौताराबाट ८० किलेमिटर टाढा पर्छ ।
पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन ।पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।
घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ । अहिले अरनिको राजमार्ग भने बन्द गरिएको छ  ।पहिरोले बिजुलीको पोल ढलेका कारण उक्त क्षेत्रमा विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।
घटना भएको खबरलगत्तै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्की त्यसतर्फ गएको जानकारी प्राप्त भएको छ ।  अहिले सुनकोशी माथि सेनाले हेलिकप्टर घुमिरहेको छ । खोला थुनिएका कारण उद्धार गर्न अहिले सकिएको छैन ।
अहिले सुनकोशी छेउछाउ भएर चल्ने सवारी साधनमा रोक लगाएको छ । बम ब्लाष्ट गरेर पानी खोज्नु पर्ने अवस्था छ । लामोसांगु,खाडिचौचौर,अधेरी,कोठे,बलेफी,सुकुटे लगायतका स्थानमा त्रासदी फैलिएको छ । मानिसहरुको भागाभाग छ । नदीको सतहबाट एक सय ३० मिटर पानीको तह माथि उठिसकेको प्रारम्भिक अनुमान छ । 
यसैबीच सुनकोशीमा पहिलो गएर बाँध थुनिएपछि केन्द्रीय दैवी प्रकोप उद्धार समितिले उद्धार कार्यलाई तिब्र पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृहमन्त्रालयमा बिहान भएको बैठकमा त्यसवरपरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सेनाको हेलिकप्टर पठाएको छ । 
बैठकले त्यहाँ उद्धार गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा छन् । नदीको बाँध थुनिएपछि उद्धारमा कठिनाइ गर्न सकिएको छैन् । घाइते भएका १६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाँध फुटाउन प्राविधिकहरुसँग सल्लाह लिने काम भइरहेको विपत व्यवस्थापन महाशाखाका सह सचिव  यादव कोइरालाले जानकारी दिए ।

No comments:

Post a Comment