Mission & Vision

जल, ऊर्जा, वातावरण र पूर्वाधार विकासका निम्ति सञ्चारमाध्यमार्फत नीति निर्माण र सरोकार पक्षलाई घच्घचाउने तथा आवश्यक सहकार्य गरी समस्या समाधान गरेर देश विकासमा भूमिका खेल्ने उद्देश्यले इनर्जी मिडिया मिसन प्रालि स्थापना भएको हो ।
लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय व्यवसायी, परामर्शदाता र सञ्चारकर्मीको संयुक्त पहलमा स्थापित यस संस्थाले रेडियो, टेलिभिजन कार्यक्रम निर्माण गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने गोष्ठी अन्तरक्रियालगायतका कार्यक्रम गर्ने उद्देश्य बमोजिम आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ऊर्जा आवाज मासिकको प्रकाशन भएको तथा सम्भवत नेपालमा पहिलो पटक स्थापित www.urjanews.com वेभ साइटको शुभारम्भ गर्न लागेको जनकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।

No comments:

Post a Comment