Saturday, August 9, 2014

जलविद्युत् विकास: लाओसबाट सिकौं

मोदीको प्रस्ट धारणाले भारतसँग डिल गर्न केही सहज त हुनेछ। तर मोदी मन्त्रले जति नै मन्त्रमुग्ध पारे पनि छलफलको टेबलमा लेनदेनको कुरा आउँदा भारतीय कर्पोरेट र कर्मचारीतन्त्रसँग भिड्न सजिलो भने हुने छैन।

जुलाई ७ को साँझ लाओसको थाकेक सहरमा त्यहाँको चर्चित नामथेन २ जलविद्युत आयोजनाबाट सरकारले २५ वर्षमा २ अर्ब अमेरिकी डलर (करिब १ खर्ब ९० अर्ब रुपैयाँ) पाउने एक प्रस्तुति सुनियो। त्यसको एक सातापछिको अर्को साँझ नेपालको लगानी बोर्डले बानेश्वरमा गरेको प्रस्तुतिमा माथिल्लो कर्णालीबाट २५ वर्षमा सरकारले ४ खर्ब रुपैयाँ पाउने दाबी पेस गरेको थियो।
माथिल्लो कर्णालीको लाभ संसारभरि नै चर्चा भएको नामथेन २ भन्दा बढी आउने कुराले त्यति विश्वास लागेन। बोर्डका कार्यकारी निर्देशक राधेश पन्तलाई फेरि सोधियो। 'हामीले सोचे अनुसारकै साढे ५ रुपैयाँ प्रतियुनिटमा बिजुली बेच्न सकियो भने यति लाभ सरकारलाई हुन्छ नै,' पन्तले भने। यससँगै कर्णालीमा सरकारले २७ प्रतिशत निशुल्क सेयर र १२ प्रतिशत सित्तैमा बिजुली पनि पाउने भएकाले यो सम्भव भएको हो।
त्यतिबेला पन्तको टोली यस्तै लाभ र अन्य विषय समावेश भएको आयोजना विकास सम्झौता (पीडीए) लाई अन्तिम रूप दिइरहेका थिए। तयारी जुलाई अन्तिम साता नेपाल आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला उक्त आयोजना बनाउन अनुमति लिएको भारतीय कम्पनी जीएमआर र बोर्डबीच पीडीए गर्ने थियो।
तल्लो तटीय क्षेत्रमा बन्ने सिंचाइ परियोजनामा हिउँदमा दैनिक केही समयमात्रै पानी बगाएर बिजुली निकाल्ने (पिकिङ ड्याम) आयोजनाले पार्ने प्रभाव नयाँ मुद्दा बाहिर आएपछि त्यतिखेर पीडीए रोकियो। त्यसपछि अगस्त २ मा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा पनि पीडीए हुनसकेन।
यो सम्झौता कम्पनी र लगानी बोर्डबीच हुने भएकाले भारतीय उच्च नेतृत्व यसमा आवश्यक पर्दैनथ्यो। तर विद्युत उत्पादन र निर्यातमा मुलुककै पहिलो र उदाहरण कायम गर्नसक्ने आयोजना भएकाले दुवैतर्फका सरकारको यसमा चासो छ। जुन मोदीले प्रस्टै आफ्नो भ्रमण क्रममा राखे। उनले प्रस्टै भने, बिजुली बेचेर भारतको अन्धकार हटाउनुस् र आफू समृद्ध बन्नुस् ।
के यो सम्भव छ?
संसारका धेरै देशले बिजुलीलाई समृद्धिको आधार बनाइसकेका छन्। छिमकी भुटान त्यसको उदाहरण हो। त्यहाको अर्थतन्त्रमा करिब ४५ प्रतिशत हिस्सा विद्युतको छ। उसको पनि बजार भारत नै हो। तर यसमा धेरैले भारतको हैकम सहेर भुटानले ऊर्जामा राम्रो सम्झौता डिल गर्न नसकेको व्याख्या गरिरहेका छन्।
भुटानजस्तो सम्झौता गर्नु राष्ट्रघाती भएको तर्क पनि बलियै छ। बिजुली बेचेर धनी हुन नसकिने अर्को तर्क पनि छ। त्योभन्दा बढी परम्परागत तर्क छ, देशभित्रकै स्रोतबाट बनाएर यहीं उपयोग नगरी बेच्नु हुँदैन भन्ने।
यसमा लाओसका सहायक ऊर्जामन्त्री विराफोन विरावोङको भनाइ यहाँ पनि सान्दर्भिक छ। उनी भन्छन्, 'विद्युतमा यति धेरै लागिपर्नुको कारण आफ्नै देशको विकास र यहींको उज्यालोका लागि हो। तर हाम्रो बजार सानो छ, बिजुली बिक्री नहुने भएपछि लगानीकर्ता आउँदैनन्, लगानी नआए आयोजना बन्दैन, त्यसैले छिमेकको बजार देखाएर हामी उत्पादन बढाउन विदेशी ल्याइरहेका छौं।'
हामीकहाँ पनि त्यही हो। मुलुकभरिका सबै वाणिज्य बैंकले एकमुष्ट लगानी गरे पनि १ सय ५० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्दैनन्। सञ्चय कोषजस्ता संस्थाको ठूलो रकम जलविद्युतमा लगाइयो भने उसको जोखिम व्यवस्थापनमा असर पर्छ। लगानी डुब्यो भने सर्वसाधारणको पैसा पनि जान्छ। फेरि कोषको सबै रकम राख्दा पनि अहिलेकै माग र आपूर्ति बीचको खाडल पुरा गर्ने बिजुली निकाल्न सकिँदैन।
फेरि विद्युतको लगानी निर्यात गरेर व्यापार घाटा कम गर्नेसम्म मात्रै सीमित छैन। नामथेनबाट लाओसको व्यापार घाटा कम गर्न खासै योगदान छैन। नामथेनको वाषिर्क कारोबार करिब २८ करोड डलर छ। माथिल्लो कर्णालीबाट भित्रिने रकमले वाषिर्क ६ खर्ब व्यापार घाटा बेहोरिरहेको मुलुकमा ठूलो राहत सुरुमै दिनेछ भन्नु हुँदैन।
तर निर्माणकै क्रमदेखि यसले बढाउने मागले अर्थतन्त्रमा हलचल सुरु हुन थाल्छ। सहायक उत्पादन र रोजगारको अवसर सिर्जना हुने हुँदा यसको असर अर्थतन्त्रका धेरै क्षेत्रमा देखिने हो। एकपछि अर्को लाभको ढोका खुल्ने हुँदा पहिलो आयोजनाको निर्माणले मुलुकमा ठूलो अवसर पहिल्याउँछ।
लाओसको उदाहरण लिने हो भने नामथेन २ को निर्माण सुरु भएयता.....- See more at: http://www.urjanews.com/details/788/%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%3A-%E0%A4%B2%E0%A4%BE%E0%A4%93%E0%A4%B8%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A5%8C%E0%A4%82#sthash.M4ObtPnL.dpuf

लोडसेडिङ बढ्यो

नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागु हुने गरी लोडसेडिङ बढाएको छ
काठमाडौं, २२ साउन । नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागु हुने गरी लोडसेडिङ बढाएको छ ।

सुनकोशीमा आएको पहिरोको कारणले ६७ मेगावाट विजुली उत्पादन अवरुद्ध तथा कटैयादेखि कुसाहा प्रशारण लाइनमा कण्डक्टर परिवर्तनको कारण देखाउँदै प्राधिकरणले लोडसेडिङ बढाउन लागेको हो । हाल हप्ताको ४७ घण्टा लोडसेडिङ रहेकोमा बढाएर ५९ घण्टा पुर्याएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए ।

प्राधिकरणको तालिका अनुसार, हाल दैनिक ७ घण्टा लोडसेडिङ रहेकोमा बढेर साढे घण्टा पुगेको छ ।
-------------------------------------------------------------------------------
Nepal Electricity Authority is announce to raising loadshedding hours by 60 hours weekly as a massive flood in the Sunkoshi River has affected electricity generation and transmission.
Flood has swept away two gates of 10-megawatt Sunkoshi hydropower project and submerged power house of Sunkoshi small hydropower project, which is being operated by Sanima Hydropower Ltd.
“The flood has also completely damaged one of the transmission lines of 45 MW Bhotekoshi Power Company and partially damaged three of its transmission lines. It has also affected 6 MW from 3 Chaku Khola projects and 3MW Bhairab Kunda project,” In total, 66.5 MW of power generation has been affected by the flood.
- See more at: http://www.urjanews.com/details/754/%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%E0%A4%AC%E0%A4%A2%E0%A5%8D%E0%A4%AF%E0%A5%8B#sthash.3CKQcuTV.dpuf

Monday, August 4, 2014

बाढी पहिरोका कारण ८० मेगावाट विद्युत् उत्पादन गर्न समस्या

काठमाडौं 
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको नयाँ तालिका प्रकाशित नगरे पनि देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण लोडसेडिङ बढ्ने सम्भावना बढेको छ । विद्युत् गृह तथा प्रसारणलाइनमा लाइनमा समस्या पुयाउँदा करिब ८० मेगावाट विद्युत् आपूर्ति कटौती भएकाले थप लोडसेडिङको सम्भावना बढेको हो ।
शनिबार राती आएको पहिरोले सुनकोसी नदी थुनिएपछि सो क्षेत्रका ७ जलविद्युत् आयोजनाको उत्पादनमा समस्या भएको छ । त्यसबाट करिब ६७ मेगावाट विद्युत् उत्पादनमा असर परेको छ । 
पहिराका कारण प्रसारणलाइनमा डुबाउँदा साढे २ मेगावाटको सानिमा हाइड्रो, ४५ मेगावाटको भोटेकोसी, १० मेगावाटको सुनकोसी, ३ मेगावाटको चाखुखोला, १ दशमलव ८ मेगावाटको मध्यचाकुखोला, १ दशमलव ६ मेगावाटको तल्लो चाखुखोला र ३ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना अवरुद्ध भएका छन्। 
सुनकोसी थुनिँदा सानिमा हाइड्रोको साढे २ मेगावाटको जलविद्युत् आयोजनाको पावरहाउस नै डुबेको छ भने प्राधिकरणको १० मेगावाटको सुनकोसी जलविद्युत् आयोजनाको ६ मध्ये २ वटा ढोका भत्किएका छन्। सानिमा हाइड्रोको पावरहाउससँग जोडिएको ११ केभी प्रसारण लाइनको १० वटा प्रसारण लाइनको टावर पनि भत्किएको छ । त्यस्तै माथिल्लो भोटेकोसीको १ सय ३२ केभी प्रसारण लाइनको एउटा टावर तार क्षति भएको छ । भैरवकुण्ड र चाकुखोलामा रहेका ३ आयोजनाबाटको ११ केभी प्रसारण लाइन पनि भत्किएको छ । प्रसारण लाइन भत्किएपछि ती आयोजना पनि अवरुद्ध छन् । 
डुबानमा परेको सानिमाको मात्रै करिब २५ करोड रुपैयाँ क्षति भएको कम्पनीको अनुमान छ । जेनेरटर, टर्वाइन, ट्रान्सर्फमर, कन्ट्रोल प्यानलजस्ता इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरणसहित कर्मचारी आवाससमेत डुबेको छ ।
त्यस्तै पहिरो जा“दा पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बन्द भएको छ । कुस्मा नगरपालिका वडा नं १२ स्थित सो आयोजनाको प्रसारण लाइनमा पहिरोले क्षति पुयाएपछि उत्पादन बन्द भएको हो । 
आयोजनाको चुवा–पातीचौर प्रसारण लाइनको ३ नम्बर टावरमा पहिरोले क्षति पु¥याएपछि उत्पादन बन्द भएको आयोजनाका प्लान्ट म्यानेजर विपीन पौडेलले जानकारी दिनुभयो । - See more at: http://urjanews.com/details

Saturday, August 2, 2014

उद्दारमा गएका पाइलटको अनुभवः यस्तो विपत्ति कहिल्यै देखेको थिइँन (फोटो फिचरसहित)

हेलिकोप्टरको ककपिटबाट देखिएको घटनास्थल
BhotekoshiFlood  (7)दिपकजंग राना, फिस्टेल एयरका चालक
विहान आठ बजेको थियो । एकाएक एक खबर आयो, सिन्धुपाल्चोक जानु पर्ने । सिन्धुपाल्चोककोे जुरेमा पहिरोले सुनकोशी थुनिएको र घरहरु बगाएर मानवीय क्षति भएको खबरपछि हतार-हतार गयौं ।
जीवनमा धेरै आपतकालीन उद्दार गरेँ तर, यस्तो खालको विपत्ति देखेेको छैन । पहिरो झरेको ठाउँमा पुगेपछि एक छिन त म अक्क न बक्क भएँ, त्यहाँको अवस्था देखेर । पहिरो आएर पुरै नदी छेकेको छ ।
एक थोपा पनि पानी बगेको थिएन । यो कुनै काल्पनिक दृश्यझैँ थियो । कही बर्ष अघि हो मलाई ठ्याकै मिति याद भएन तर, मुस्ताङको तातोपानी थुनिदा कस्तो हुन्छ भन्ने देखेको थिएँ । त्यो बेला कालीगण्डकि यति डरलाग्दो तरिकाले थुनिएको थिएन, केही पानीको बगेको थियो तर, यहाँ त पानी ठप्प थियो ।
BhotekoshiFlood  (3)
म आपतकालीन उद्धारमा गएको थिएँ । घर पुरिएर धेरै घाइते थिए । तर, मैले पहिले एक जना विदेशीसहित तीन जनालाई हेलिकोप्टरमा सुताएर ल्याउनुपर्यो । अरुलाई स्थान अभवाका कारण ल्याउन सकिन ।
बेल्जीयमका एक नागरिक घरको तल सुतेका रहेछन् । उनी सुतेकै अवस्थाको कपडामा उद्दार गरेर ल्याएँ । अन्य केही ढाड भाँचिएर गम्भीर विरामी थिए ।
BhotekoshiFlood  (9)
BhotekoshiFlood  (8)
BhotekoshiFlood  (1)
BhotekoshiFlood  (2)
BhotekoshiFlood  (4)
BhotekoshiFlood  (5)
(राना फिष्टेल एयरका चालक एवं सुरक्षा निर्देशक पनि हुन् । उनीसँग भरतबन्धु थापाले गरेको कुराकानीमा आधारित)

स्रोत: अनलाईनखबर

पहिरोमा ८ जनाको शव फेला, १६ जनाको जिवितै उद्धार, तीन सय बढी बेपत्ता (१२:३० अपडेट)

1

पहिरोले थुनिएको क्षेत्र। तस्बिर : ध्रुव दंगालपहिरोले थुनिएको क्षेत्र। तस्बिर : ध्रुव दंगाल
सिन्धुपाल्चोक- पहिरोले भोटेकोशी थुनिएपछि त्यसवरपरका गाउँहरु उच्च जोखिममा परेको छ। राजधानीबाट आएको नेपाली सेनाको टोलीले पहिरोलाई विष्फोट गरी खुलाउने प्रयास गरिरहेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार राजधानीबाट नेपाली सेनाले अध्याधिक मात्रमा विष्फोटक पदार्थ ल्याइ खुलाउने प्रयास भइरहेको बताए।
त्यस्दै दोलखास्थित नागरिकन्युजकर्मी रमेश खतिवडाका अनुसार खाडीचौरतिर पानीको सतह बढेको छ। अरनी राजमार्थ आसपास रहेको बाह्रबिसे, लामोसाँघु, खाडिचौर, बलेखी, सुकुटे, पोठे र नदी आसपासका बासिन्दा सुरक्षित स्थानमा गएका छन्। केही मानिसहरु गाडी रिजर्भ गरी राजधानीतिर गएका छन्। केहीले भने हेलकप्टरबाटै सुरक्षित स्थान गइरहेको नागरिकन्युजकर्मी खतिवडाले बताए।
Landslide at Bhotekoshi-10
Landslide at Bhotekoshi-11
Landslide at Bhotekoshi-12
Landslide at Bhotekoshi-13
Landslide at Bhotekoshi-14
Landslide at Bhotekoshi-15
Landslide at Bhotekoshi-1
Landslide at Bhotekoshi-2
Landslide at Bhotekoshi-3
Landslide at Bhotekoshi-4
Landslide at Bhotekoshi-5
Landslide at Bhotekoshi-6
Landslide at Bhotekoshi-7

सुनकोशी नदी थुनिएपछि देखिएको भयावह दृश्य (फोटोफिचर)

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदीलाई थुन्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

स्थानीयबासीहरु सुरक्षित स्थानमा सारिएको छ भने डुवानमा परेका क्षेत्रको उद्दार कार्य जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको छ ।
घटनास्थलमा भएको उद्दार तथा डुवान क्षेत्रको विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको तस्वीर यस प्रकार छन्ः
sunkosi-13
sunkosi-5
sunkosi-4
sunkosi-3

sunkoshi-11
sunkosi-10
sunkosi-12

भीषण पहिरोका कारण सुनकोसी थुनियो, ७ जनाको शव फेला

सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदीका बाँध आज बिहानबाट थुनिएको छ । अहिलेसम्म ४ जनाको शव फेला परेको छ । भिषण पहिरो गएका कारण अन्य व्यक्तिहरु पनि पहिरोमा पुरिएको र बाढीले वगाएको आंशका गरिएको छ । जुरे र सुनकोशी छेउछाउका बजार पनि डुवानमा परेका छन् । १६ जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सानीमा हाइडोपावर  पनि डुब्न लागेको छ । पहिरोमा परी स्थानीय बासिन्दाका ४० घरमा क्षति पुगिसकेको बताइए पनि आधिकारिक जानकारी आफूहरुलाई प्राप्त नभएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए   यो क्षेत्र सदरमुकाम चौताराबाट ८० किलेमिटर टाढा पर्छ ।
पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन ।पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।
घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ । अहिले अरनिको राजमार्ग भने बन्द गरिएको छ  ।पहिरोले बिजुलीको पोल ढलेका कारण उक्त क्षेत्रमा विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।
घटना भएको खबरलगत्तै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्की त्यसतर्फ गएको जानकारी प्राप्त भएको छ ।  अहिले सुनकोशी माथि सेनाले हेलिकप्टर घुमिरहेको छ । खोला थुनिएका कारण उद्धार गर्न अहिले सकिएको छैन ।
अहिले सुनकोशी छेउछाउ भएर चल्ने सवारी साधनमा रोक लगाएको छ । बम ब्लाष्ट गरेर पानी खोज्नु पर्ने अवस्था छ । लामोसांगु,खाडिचौचौर,अधेरी,कोठे,बलेफी,सुकुटे लगायतका स्थानमा त्रासदी फैलिएको छ । मानिसहरुको भागाभाग छ । नदीको सतहबाट एक सय ३० मिटर पानीको तह माथि उठिसकेको प्रारम्भिक अनुमान छ । 
यसैबीच सुनकोशीमा पहिलो गएर बाँध थुनिएपछि केन्द्रीय दैवी प्रकोप उद्धार समितिले उद्धार कार्यलाई तिब्र पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । गृहमन्त्रालयमा बिहान भएको बैठकमा त्यसवरपरका मानिसहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सेनाको हेलिकप्टर पठाएको छ । 
बैठकले त्यहाँ उद्धार गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ । अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा छन् । नदीको बाँध थुनिएपछि उद्धारमा कठिनाइ गर्न सकिएको छैन् । घाइते भएका १६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाँध फुटाउन प्राविधिकहरुसँग सल्लाह लिने काम भइरहेको विपत व्यवस्थापन महाशाखाका सह सचिव  यादव कोइरालाले जानकारी दिए ।