Wednesday, June 26, 2013

बजेटमा उर्जा क्षेत्र उच्च प्राथमिकतामा


अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उर्जा क्षेत्रलाई उच्च प्राथमिकताको क्षेत्रमा राख्नुपर्ने बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित पूर्व-बजेट छलफल कार्यक्रममा उहाँले औद्योगिकरणको शुरुवात उर्जाबाटमात्र सम्भव भएको हुँदा निजीक्षेत्र, वैदेशिक लगानी र सरकारको आफ्नौ लगानीमा ठूला-ठूला हाईड्रोपावर बनाउने काम शुरु भएको बताउनुभयो ।

artha-mantri
बजेटमा सबै समस्याको समधान नखोज्न आग्रह गर्दै मन्त्री कोइरालाले सुशासन, भौतिक पूर्वाधार र लगानीमैत्री वातावरणका लागिमात्र बजेटले आधार खडा गर्ने स्पष्ट पार्नुभयो । निजी क्षेत्र र सरकारबीचमा रहेको अविश्वासलाई यो बजेटले विश्वासमा परिणत गर्ने उहाँले ठोकुवा गर्नुभयो । नयाँ सिमेन्ट उद्योगलाई उर्जा र बाटोको सुविधा दिएपछि मुलुक सिमेन्टमा आत्मनिर्भर बन्ने बताउनुभयो । आर्थिक, सामाजिक र भौतिक निर्माण आफ्नो मूल ल्ाक्ष्य भएको उहाँको भनाई छ ।
अर्थ मन्त्रालयका राजश्व महाशाखा प्र्रमुख राजन खनालले आयात प्रतिस्थापन गर्न कृषिमा व्यवसायीकरण आवश्यक भएको बताउनुभयो । व्यापारीले भ्याट छुट माग्न नजानेको र सरकारले दिन नजानेको अवस्था विद्यमान रहेको उहाँको भनाई थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे, पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव विश्व अर्याल, ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकाल र नेपाल बैंकर्स एशोसिएसनका सदस्य किशोर महर्जन लगाएतका वक्ताहरुले निजीक्षेत्रलाई प्रोत्साहित गर्ने सरकारी नीति प्रशंसनीय भएको बताउनुभयो ।
Source : onlinekhabar

No comments:

Post a Comment