नेपाल विद्युत प्राधिकरणले आज बुधबारदेखि लागु हुने गरी दैनिक दुईघण्टा लोडसेडिङ घटाएको छ ।
दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा घटाएर १० घण्टामा झारिएको हो । प्राधिकरणका अनुसार, ८४ घण्टा लोडसेडिङ हुँदै आएकोमा प्राधिकरणले घटाएर ७० घण्टामा झारेको छ ।
पानीको वहाब बढेको, सुर्यास्तको समय परिवर्तन भएको तथा कुलेखानी जलाशययुक्त आयोजनामा पानीको सञ्चीतीको कारण लोडसेडिङ घटाइएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए । जलाशयमा १५ सय १० मिटर पानी अझै छ ।
११ सय मेगावाट विद्युतको माग भएकोमा अहिले ५ सय ५० मेगावाट अभाव रहेको प्राधिकरणले जनाएको छ । भारतबाट १ सय ८० मेगावाट विद्युत आयात हुने गरेको छ ।

No comments:
Post a Comment