Friday, March 20, 2015

सोलुखोला परियोजनाले प्राधिकरणसँग विद्युत खरिद सम्झौता गर्‍यो, ८६ मेगावाटको परियोजना



काठमाडौं । हाइड्रो भेन्चर प्रालिद्वारा प्रवर्द्धित तथा साहस उर्जा लिमिटेडको मुख्य लगानीमा बन्न लागेको सोलुखोला दुधकोसी जलविद्युत परियोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता  (पिपिए) भएको छ । ८६ मेगावाट क्षमताको परियोजना नीजी क्षेत्रबाट बन्न लागेको यो नेपालकै ठूलो र राम्रो परियोजना हो ।

यसअघि निजी, समुदाय र सहकारीको सहकार्यमा साहास हाइड्रो पावरले गुल्मीको माथिल्लो हुग्दी खोला जलविद्युत परियोजना तोकिएको समय भन्दा अगाडि र तोकिएको बजेट  भन्दा कम लागतमा सम्पन्न गरिसकेको छ । 

एक कम्पनी, एक परियोजना नीति अनुरुप सोही समूह सहित अन्य समूहको सहभागितामा सोलुखोला खुधकोसी जलविद्युत परियोजना बन्न लागेको साहस हाइड्रो पावरका अध्यक्ष हिम पाठकले बताएका छन् ।  

उनले भने, प्राइभेट, पब्लिक, कोअपरेटीभ, पाटर्नसीप अवधारणामा निजी क्षेत्रबाट बन्न लागेको सोलुखोला दुधकोसी जलविद्युत परियोजना ८६ मेगावाट नेपालकै सबैभन्दा ठूलो परियोजना हो ।‘

उनका अनुसार उक्त परियोजना नेपालमै प्राविधिक र आर्थिक रुपले अन्य परियोजना भन्दा अति आर्कषक छ  । अन्तरिम संविधानको धारा ३५ को २ मा ३ खम्बे अर्थनिती अगाडि सारिएको जसमा सार्वजनीक, सहकारी र निजी क्षेत्रलाई नेपालको आर्थिक कार्य प्रणालीको मेरुदण्डको रुपमा व्याख्या गरिएकोले पीपीपी मोडलमा आयोजना सुरु गरिएको उनले बताए । 

साहस उर्जामा व्यक्तिगत रुपमा न्युनतम एक लाख र संस्थागत पाँच लाख र अधिकतम पाँच करोड रुपैयाँसम्म संस्थागत प्रवर्द्धको रुपमा लगानी गर्न सकिने जनाइएको छ ।

पाठकले भने, उक्त लगानीमध्ये प्रथम किस्तास्वरुप आगामी वैशाख १५ गतेसम्म ६० प्रतिशत लगानी गर्न सकिनेछ ।‘
Source: BIzmandu
- See more at: http://urjanews.com

No comments:

Post a Comment