नेपाल एयरलाइनको ट्विनअटर दुर्घटनामा पर्यो। विमानस्थलबाट काली गण्डकीमा विमान खस्यो
 पोखराबाट
 जोमसोमका लागि उडेको ९ एन ए वि ओ विमान जोमसोममा रहेको पुथाङ्ग 
विमानस्थलमा बिहान ८ बजेर ४० मिनेट जादाँ अवतरण गर्ने क्रममा बारमा 
ठोक्किएर कालिगण्डकी नदीमा खसेको हो ।
विमानमा १८ जना यात्रुको 
उद्धारपछि, मुस्ताङ्ग जिल्ला अस्पतालमा उपचारका लागि लगिएको हो । विमान अवतरण गर्न लाग्दा धावनमार्गमा टायर पञ्चर भएपछि दुर्घटना भएको हो । दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ । अली 
गम्भिर घाईतेहरुलाई तारा एयरको जहाजबाट पोखरा लगिएको छ। दुर्घटनाबाट 
विमानको अगाडीको भागमा क्षति पुगेको छ र बिमानको पखेटा भने भाँचिएको छ ।
 
 स्थानीय  प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको 
जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र 
अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।
 
 बिमानमा १८ जना
 सवार रहेको र एकजना बच्चा रहेको पनि गौचनले जानकारी दिनुभयो । विमानमा रहेका सबै १८ जना यात्रुको सकुशल 
उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय 
वासिन्दाले यात्रुहरुको उद्दार गरेका थिए ।बिमानमा 
सवार कोही हताहत नभएको पनि उहाँले जानकारी गराउनु भयो। उनका अनुसार उक्त 
दुर्घटनाबाट हुन सक्ने ठूलो मानविय क्षती भने टरेको छ।
 
 
 
 
          
      
 
  
 
 
 
 
 
 
 
 
 
 
No comments:
Post a Comment