जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भए पनि सरकारले आयोजना विकास सम्झौता (पीडीए) नगरेसम्म काम अगाडि बढ्न नसक्ने जीएमआर कम्पनीका इञ्जिनीयर प्रदीप नेपालले बताए । उनले भने, ‘ईआईए स्वीकृत भएर मात्र काम अगाडि बढ्ने सम्भावना छैन ।’ ९ सय मेगावाटजडित क्षमताको आयोजना विकास सम्झौता (पीडीए) का लागि लगानी बोर्डसँग छलफल भइरहेको उनले बताए । प्रारम्भिक सम्झौतामा नेपाल विद्युत् प्राधिकरणलाई विनालगानी २७ प्रतिशत शेयर प्रदान गर्ने, १२ प्रतिशत विद्युत् निःशुल्क उपलब्ध गराउने र ३० वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने उल्लेख छ । शुरूमा ३ सय मेगावाट विद्युत् उत्पादनको सर्वेक्षण अनुमति जीएमआरले पाएको थियो । २०६६ साल पुस ५ गतेको सचिवस्तरीय निर्णयअनुसार माथिल्लो कर्णाली जलविद्युत् लिमिटेडलाई ९ सय मेगावाट क्षमता स्वीकृत प्रदान गरको थियो ।
प्रस्तुति: अभियान
No comments:
Post a Comment