Thursday, May 16, 2013

एक सय मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने

solar panels Solar Energy
 सौर्य ऊर्जा उत्पादनलाई सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढाएपछि प्रर्वद्धकले करिब एक सय मेगावाट बराबरको अनुपतिपत्र विद्युत विकास विभागबाट लिएका छन्। विभागका अनुसार ठूलो क्षमताका आयोजनाका रुपमा पिपल्स डेभलपमेन्ट एन्ड पावर टेक कम्पनी र नेपाल ह्वाइट हाउस पावर लिमिटेडले सो अनुमतिपत्र लिएका छन्। विभागबाट ती दुई प्रबर्द्धकले क्रमशः ४९ र ५० मेगावाट क्षमतामा अनुमतिपत्र लिएका छन्।
विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेपछि प्रर्वद्धकमा उत्साहको सञ्चार पैदा भएको छ।
कम्पनीले तनहुँजिल्लाको मानुङडाँडामा सोलार प्लान्ट राख्ने भएको छ। व्यास नगरपालिकामा अवस्थित मानुङडाँडामा तत्कालका लागि २० मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने र सो ऊर्जालाई दमौलीस्थित नेपाल विद्युत् प्राधिकरणको सव स्टेसनमा जोडिने छ।  उत्पादित ऊर्जाको खरिदको विषयमा प्रर्वद्धक र प्राधिकरणबीच छलफल भइरहेको  कम्पनीका अध्यक्ष तुल्सीदास महर्जनले जानकारी दिए।
युरोपेली लगानीकर्ताका लगानीमा उत्पादन गरिने सो आयोजनाले २०६८ चैत ६ गते अनुमतिपत्र लिएको थियो। प्राधिकरणले प्रसारण लाइनका अभावमा पूराका पूरा ५० मेगावाट नै खरिद गर्न नसक्ने जनाएपछि आफूहरूले तत्कालका लागि २० मेगावाट मात्रै उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष मर्हजनले जानकारी लिए।
जलविद्युत्भन्दा सौर्य ऊर्जाको उत्पादन खर्चिलो मानिन्छ। जलविद्युत् आयोजना निर्माण गर्दा प्रतिमेगावाट रु १५ देखि १८ करोडसम्म  खर्च लाग्ने बताइन्छ। यसको तुलनामा सौर्य ऊर्जाको लागत ४० प्रतिशतभन्दा बढी लाग्ने र खर्चिलो हुने भएकाले वैदेशिक लगानीकर्ता खोलिएको अध्यक्ष महर्जनको भनाइ छ।
यसैगरी गत वर्ष पुस ४ गते विद्युत् विकास विभागबाट अनुमतिपत्र लिएको नेपाल ह्वाइट पावरले पनि प्रारम्भिक काम गरिरहेको सूचना प्राप्त भएको विभागका सूचना अधिकृत पन्थले जानकारी दिए।
यसअघि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहयोगमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुरको सुन्दरीघाटमा ०.६८० किलोवाट सौर्य ऊर्जा उत्पादन गरिरहेको छ। सो ऊर्जा खानेपानी लिमिटेडले पानी तान्नका लागि प्रयोग गरिरहेको छ। सोबाहेक बढी भएको ऊर्जा प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ।  सौर्य ऊर्जामा लगानी जलविद्युत् आयोजनाभन्दा बढी खर्चिलो भए पनि पछिल्ला दिनमा विभागले यसलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका कारण प्रर्वद्धकमा उत्साह पैदा भएको सूचना अधिकृत पन्थको भनाइ छ।
कम्पनीले आगामी आवदेखि काम सुरु गर्ने बताएको छ। “हामीले तत्कालका लागि ५० मेगावाटबाट घटाएर २० मेगावाट मात्रै उत्पादन गर्न पाउँकिभनी विभागमा निवेदन दिएका छौँ तर हामी पूर्ण रुपमा ५० मेगावाट नै उत्पादन गर्छौँ”,कम्पनीका अध्यक्ष महर्जनको भनाइ छ।
विभागका सूचना अधिकृत पन्थ भन्नुहुन्छ, “पिपल्स डेभलपमेन्ट एन्ड पावर टेक कम्पनीले अहिलेसम्म गरेको कामको प्रगति विवरण विभागमा पेस गरेको छ, उसले २०६८ चैत ६ गते ५० मेगावाटको अनुमतिपत्र लिए पनि प्राधिकरणसँग भएको छलफलपछि २० मेगावाट मात्रै तत्काल उत्पादन गर्ने र बाँकी चरणगत रुपमा उत्पादन गर्न पाउँकिभनी निवेदन दिएको छ, हामीले सोहीअनुसार नै प्रक्रिया अगाडि बढाइराखेका छौं।”
सौर्य ऊर्जालाई व्यावसायिक रुपमा उत्पादन गराउन विभागकै सहयोगमा सरकारले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा सौर्य ऊर्जा जडानको प्रक्रिया सुरु गरेको तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा सौर्य ऊर्जा जडान गरिसकिएको छ। त्यस्तै अन्य सार्वजनिक स्थानमा पनि सौर्य ऊर्जा जडानको प्रक्रिया अगाडि बढेको छ।
रासस
———————————————————————————————————————————————————————-

List of Issued Survey Licenses (SOLAR)

updated on – 2070 Baisakh 26 (May 9, 2013) by DoED
S No Project Capacity (MW) License No Issue Date Validity Promoter Address Latitiude N Longitude E VDC/District
1 Solar Energy 0.680
2067-12-10 0000-00-00 KUKL Tripureswor, Kathmandu 0o 00′ 00″ 0o 00′ 00″ 0o 00′ 00″ 0o 00′ 00″ Bungamati (Lalitpur)
2 Manungdanda Solar Power Station 50.000 619 2068-12-06 2069-12-05 Peoples Development and Power tech company P Ltd Tinthana VDC – 8, Kathmandu,9851005164 27o 58′ 07″ 27o 57′ 30″ 84o 15′ 16″ 84o 13′ 02″ Jamune (Tanahu)
3 Solar Energy Project 49.000 644 2069-09-04 2070-09-03 Nepal White Power Pvt. Ltd. Dholahiti 15, Lalitpur, Phone 9851127365 27o 47′ 25″ 27o 48′ 15″ 85o 17′ 25″ 85o 18′ 10″ Kabhresthali,Sangla (Kathmandu)
Total capacity for 3 projects = 99.680 MW

No comments:

Post a Comment