Thursday, May 16, 2013

विमान बोल्ने भएको भए…...


 विमानले मान्छे जस्तै बोल्ने भएको भए आफ्नो मनको कुरा यसरी राख्थ्यो कि- साथीहरु, म अब ४० वर्षकी बूढी भइसकेँ। यो अवधिमा मैले धेरैलाई आफ्नो गन्तव्यमा पुग्न सहयोग गरेँ। मेरो उमेरलाई हेरेर पनि मलाई अब आरामको आवश्यकता छ भन्ने थाहा पाउनु पर्ने हो। मेरो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्ने हो। दुर्गम ठाउँमा उड्नु पर्ने मेरो ड्युटी हो। उड्दिनँ पनि कसरी भनुँ। हामी त कारिन्दा। मालिकले भनेपछि मान्नै पर्‍यो। हुँदाहुँदा मलाई तारा (एअर) लाई भाडामा बेचेर उडाउने कामसम्म भयो। बेचिएकी मलाई सन् २०११ मा लुक्ला विमानस्थलमा भित्तामा ठोक्काइएको थियो। तर भगवान साक्षी छ, मैले कसैलाई केही हुन दिएको थिइनँ। हुँदाहुँदा मलाई चराले समेत हेपेको थियो। त्यही वर्ष त्रिभुवन विमानस्थलमा चराले हानेर मेरो शिशा फुटाइदिएको थियो। तर मैले कसैलाई केही हुन दिइनँ। पीडा जति आफै खपेँ। श्रवणजीले त्यतिबेलाको मेरो फोटो खिचेर आफ्नो ब्लगमा राख्नुभएको छ। हेर्नुस्
आज म टुक्रिएकी छु। भगवान मुक्तिनाथको कृपाले पवित्र कालिगण्डकीको तिरमा म आफ्नो अन्तिम श्वास फेरिरहेकी छु। भगवान साक्षी छ मैले आज पनि कसैलाई केही हुन दिएको छैन। आफै टुक्रिएकीले केही यात्रु घाइते हुनपुगे। उनीहरुलाई केही नहोस् भन्ने कामना गर्छु....

No comments:

Post a Comment