Thursday, May 16, 2013

विद्युत्का ६ सय ६१ को आवेदन खारेज

विद्युत् उत्पादनका लागि आवेदन दिएका र अनुमति पाएर काम नगरेका ६ सय ६१ विद्युत् कम्पनीको पक्रिया विद्युत् विकास विभागले खारेज गरेको छ । गत मंसिरबाट मंगलबारसम्म विभिन्न चरणमा विभागले काम नगरेका ती कम्पनीको प्रक्रिया खारेज गरेको हो । विभागका प्रवक्ता गोकर्ण पन्तका अनुसार सबैभन्दा बढी सर्वेक्षणका लागि आदेवन दिएका ५ सय ६५ को दरखास्त खारेज गरिएको छ । ती कम्पनीले सर्वेक्षणका लागि आवेदन दिई अन्य प्रक्रिया पूरा गरेका थिएनन् । उक्त प्रक्रिया पूरा गरी सर्वेक्ष्ाण लिइसकेर पनि काम नगर्ने ९६ कम्पनीको पनि लाइसेन्स खारे गरिएको पन्तले बताए ।
प्रस्तुति: कान्तिपुर

No comments:

Post a Comment