Sunday, May 5, 2013

नेपाल नवीकरणीय ऊर्जा — फोहोरबाट ऊर्जा बजार २०१३

“नेपाल नवीकरणीय ऊर्जा—फोहोरबाट ऊर्जा बजार २०१३” अभियानको क्रममा प्राप्त फोहोरबाट ऊर्जा निकाल्ने सर्वोत्कृष्ट ३ परियोजनाका उपायहरुलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुक्रवार काठमाण्डौंमा पुरस्कृत गरेको छ ।

प्राप्त १२८ प्रश्तावहरु मध्ये चितवनमको सुख अल्टरनेटिभस् को पोल्टी फार्मबाट वायोग्यास सम्बन्धी प्रश्ताव पहिलो, रुपन्देहिको लुम्विनी एग्रो को प्रश्ताव दोसा्रे र तनहँको ग्रामिण तथा वैकल्पिक ऊर्जा प्रा. ली. को प्रश्ताव तेस्रो स्थान ओगट्न सफल भएका छन् । केन्द्रले विश्व वैकको सहयोगमा त्यी उत्कृष्ट परियोजनाका उपायहरुलाई कार्यान्वयन गर्नका लागि प्रविधिक र आर्थिक सहयोग गर्नेछन् ।

नेपालमै पहिलो पटक आयोजित कार्यक्रममा फोहोरबाट ऊर्जा निकाल्ने उत्कृष्ट १० परियोजनाका उपायहरुका विस्तृत व्यवसायिक र कार्यन्वयनका योजनाहरुलाई प्रश्तुत गर्ने मौका दिईएको र सोहि प्रस्तुतीका आधारमा सर्वोत्कृष्ट ३ उपायहरु छनौट गरीएको थियो । देशभरबाट प्राप्त उपायहरुको नविनता सो उपाय कार्यान्वयन गर्ने प्रस्तावित साझेदारी ९उबचतलभचकजष्उ०, दिगोपन अन्य स्थानमा अनुसरण गर्न सकिने प्रकृति र प्रभाव का आधारमा मूल्याकंन गरिएका थिए । साथै उत्कृष्ट ३० प्रश्तावहरुका पोस्टर प्रर्दशन समेत गरिएको थियो । 

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक गोविन्द राज पोखरेलले कार्यक्रमले फोहोरबाट ऊर्जा निकाल्ने परियोजनाहरुको उपायहरुको साटासाट गर्ने मञ्च निर्माण गरेको बताउनु भयो । उहांले ग्रामिण क्षेत्रमा विधुतिकरण, विश्वका धेरै देशहरुमा अनुसरण गरीएको वायोग्यास लगायलका प्रविधिमा केन्द्रले गरेका महत्वपुर्ण उपलब्धीहरुको चर्चा गर्नुभएको थियो ।

व्यवसायिक र विकाससंग सम्बन्धित निकायहरुसंग हातेमालो गर्दै फोहोर मैला व्यवस्थापन र सो मार्फत् नवीकरणीय ऊर्जा उत्पादन गरी नेपालको आर्थिक विकासमा सहयोग पु–याउने उद्धेश्यले वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र विश्व बैंकले संयुक्त रुपमा यो अभियान सुरु गरेका हुन् । कार्यक्रमले फोहोरबाट ऊर्जा निकाल्ने परियोजनाका उपायहरु र नीजि क्षेत्रको लगानीको लागि आकर्षण गर्दै साझा मञ्चको निर्माण गरेको छ ।

“फोहरमा पनि छ सम्भावना हजार” भन्ने मूल नाराका साथ आयोजना गरिएको नेपाल नवीकरणीय ऊर्जा बजार अभियानमा औद्योगिक साथै अन्य आवश्यक मात्रामा जैविक फोहोर निस्कने क्षेत्रहरुको फोहोरबाट ऊर्जा निकाल्ने आफ्ना परियोजनाका उपायहरु २०७०, वैशाख ६ गते भित्र पठाउन औधोगिक लगायत व्यवसायीक प्रतिस्ठान, नगरपालिका, गैर–सरकारी संघ–संस्था, समुदाय लगायतलाई आव्हान गरिएको थियो । केन्द्रले परियोजनाका उपायहरुलाई संस्थागत, नगरपालीका, व्यपारीक तथा औधोगिक र सामुदायीक क्षेत्र गरी ४ क्षेत्रमा विभाजन  गरी माग गरेको थियो ।

नेपालको सन्दर्भमा यस किसिमको कार्यक्रम नयां हो । कार्यक्रममा विश्वका १५ देशका सहभागिहरुले त्यी देशहरुका फोहोरबाट ऊर्जा निकाल्ने परियोजनाका कार्यन्वयन पक्षबारे चर्चा गर्दै यस क्षेत्रमा थप छलफल तथा सरकारी नीतिको परिमार्जन आवश्यक रहेको धारण राखेका थिए ।

फोहरबाट ऊर्जा उत्पादन गर्नसकेमा समस्त नेपालले नै सुपथ मूल्यमा इन्धन, विजुली तथा अन्य सुविधाहरु सहजै प्राप्त गर्न सक्नुका साथै लोडसेडिङ, बढ्दै गइरहेको ग्यास, पेट्रोल र डिजेलको मूल्य वृद्धिबाट पनि सबैलाई राहत मिल्नेछ साथै फोहोरमैला व्यवस्थापनमा समेत योगदान मिल्नेछ । भर्खरै मात्र नवीकरणीय ऊर्जा प्रविधिका नयाँ अनुदान नीति लागू भएको अवस्थामा आफ्ना वरिपरि खेर गइरहेको फोहरहरुबाट विभिन्न तरिकाले जुक्ति निकालेर ऊर्जा उत्पादन गर्न सकिने कुरालाई आत्मसात् गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकले “नेपाल नवीकरणीय ऊर्जा — फोहोरबाट ऊर्जा बजार २०१३” अभियानको थालनी गरेका हुन् ।

देशमा नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धन गर्ने केन्द्रिय निकायको रुपमा कार्यरत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा हाल नेपाल सरकार र विभिन्न दातृनिकायहरुको सहयोगमा राष्ट्रि«य ग्रामिण तथा नवीकरणीय ऊर्जा कार्यक्रम संचालनमा रहेको छ । यस कार्यक्रमले तापीय र बिधुतीय प्रयोजनको लागी फोहोरबाट ऊर्जा उत्पादन गर्ने कार्यको सुरुवात गरेको छ । त्यस्तै नेपाल न्यून आय भएका देशहरुका लागि सुरु भएको स्केलिङअप रिन्युएवल इनर्जी कार्यक्रम अन्तर्गत सहयोग पाउने ६ देशहरु मध्येको एक हो । स्केलिङअप रिन्युएवल इनर्जी कार्यक्रमले नेपालमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरुको कार्यान्वयन गर्नेछ ।

No comments:

Post a Comment