Wednesday, May 15, 2013

नेपाल एयरलाइनको ट्विनअटर दुर्घटनामा पर्‍यो। विमानस्थलबाट काली गण्डकीमा विमान खस्यो

 पोखराबाट जोमसोमका लागि उडेको ९ एन ए वि ओ विमान जोमसोममा रहेको पुथाङ्ग विमानस्थलमा बिहान ८ बजेर ४० मिनेट जादाँ अवतरण गर्ने क्रममा बारमा ठोक्किएर कालिगण्डकी नदीमा खसेको हो ।
विमानमा १८ जना यात्रुको उद्धारपछि, मुस्ताङ्ग जिल्ला अस्पतालमा उपचारका लागि लगिएको हो । विमान अवतरण गर्न लाग्दा धावनमार्गमा टायर पञ्चर भएपछि दुर्घटना भएको हो । दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ । अली गम्भिर घाईतेहरुलाई तारा एयरको जहाजबाट पोखरा लगिएको छ। दुर्घटनाबाट विमानको अगाडीको भागमा क्षति पुगेको छ र बिमानको पखेटा भने भाँचिएको छ ।

स्थानीय प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।

बिमानमा १८ जना सवार रहेको र एकजना बच्चा रहेको पनि गौचनले जानकारी दिनुभयो ।
विमानमा रहेका सबै १८ जना यात्रुको सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले यात्रुहरुको उद्दार गरेका थिए ।बिमानमा सवार कोही हताहत नभएको पनि उहाँले जानकारी गराउनु भयो। उनका अनुसार उक्त दुर्घटनाबाट हुन सक्ने ठूलो मानविय क्षती भने टरेको छ।

No comments:

Post a Comment