Monday, April 8, 2013

तल्लो मोदीमा अवरोध गर्ने पाँच युवा पक्राउ


पर्वत, २६ चैत (कास) : निजी क्षेत्रले पर्वतमा निर्माण गरिरहेको २० मेघावाट क्षमताको  तल्लो मोदीखोला जलविद्युत् आयोजनामा अवरोध गरेको आरोपमा पाँच युवालाई आइतबार प्रहरीले पक्रेको छ ।
पक्राउ पर्नेमा देउपुर – ९ का राजेन्द्र हमाल, बाजुङ गाबिस– ७ का हेमन मल्ला, दुर्लुङ – २ घर भई आम्बोटमा होटल व्यवसाय गर्ने सन्तोष गुरुङ, दुर्लुङ–९ कै राजकुमार गुरुङ्गङ र शिवालय गाविस–४ बस्ने दीपक गुरुङ छन् ।     आयोजनाको काममा अवरोध गरेको तथा आयोजनाका अधिकारीलाई धम्की दिएका कारण पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पक्राउ परेका युवाहरूले आफ्नो एक्साभेटर आयोजनाले कामका लागि भाडामा लिनुपर्ने अन्यथा काम अघि बढ्न नदिने भन्दै शनिबारदेखि काममा अवरोध गरेको प्रहरीले जनाएको छ । बाजुङ,  गाविस – २ भद्रखोलामा आयोजनाको सुरुङ निर्माण गर्ने स्थलमा शनिबार बिहान अवरोध गरेका थिए ।
निजी क्षेत्रको मनाङ टे«ड लिंक प्रालिले २० मेघावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अहिले सुरुङ निर्माणको काम भैरहेको छ । ४ दशमलव ५ किलोमिटर लामो सुरुङलाई चार भागमा बाँडेर निर्माणको काम भैरहेको छ । आम्बोटस्थित २ नम्बर अडिटको १ सय ५० मिटर काम पूरा भई मुख्य सुरुङ पनि १ सय मिटर पूरा भैसकेको छ भने भद्रखोलास्थित अडिट नं. १ मा काम सुरु गर्ने क्रममा विवाद भएको हो ।

स्रोत: कारोबार

No comments:

Post a Comment