Thursday, April 11, 2013

खिम्ती–ढल्केवर प्रसारण लाइन तीन महीनाभित्रै

wpid-powerlines.jpeg
चैत १४, काठमाडौं (अस) । स्थानीयको विरोधले अवरुद्ध खिम्ती–ढल्केवर प्रसारण लाइनको काम सुचारु हुने भएको छ । लाइन निर्माणमा स्थानीयले गर्दै आएको विरोध तत्कालका लागि समाधान भएपछि आयोजनाको काम अघि बढ्ने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण २ सय २० केभी प्रसारण लाइनका निर्देशक कन्हैयाकुमार मानन्धरले स्थानीयसँग जग्गा मुआब्जामा कुरा मिलेपछि सहमति भएको बताए । यसअघि आयोजनाले दिएको मुआब्जा कम भएको भन्दै सिन्धुलीमाडीस्थित माझीटारवासीले अवरोध गर्दा प्रसारण लाइनका ६ ओटा पोल गाड्न समस्या आएको थियो । ‘अब ‘डेढ लक’ खुलेको छ,’ मानन्धरले भने ।
स्थानीयको अवरोधले ३ वर्षमा सकिनुपर्ने प्रसारण लाइन निर्माणको काम ५ वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । अब सहमति भइसकेकाले आगामी ३ महीनाभित्रै आयोजना कार्य पूरा हुने मानन्धरको भनाइ छ । विश्व बैङ्कको ६८ करोड ८९ लाख रुपैयाँ ऋण सहयोगमा प्रसारण लाइन निर्माण शुरू भएको हो ।
लाइन निर्माणको जिम्मा पाएको भारतीय कल्पतरु पावर ट्रान्समिशन कम्पनीले बारम्बार प्रसारणलाइन विस्तारमा ढिलाइ भएको भन्दै काम छाड्ने चेतावनी दिँदै आएको थियो । तर, सरकारले आगामी ३ महीनाभित्र सो प्रसारण लाइनको काम सक्ने विश्वास दिएर कल्पतरुलाई मनाएको मानन्धरले बताए ।
प्रसारण लाइन निर्माण गर्नका लागि कल्पतरु पावर कम्पनी र नेपाल विद्युत् कम्पनीबीच सन् २००६ मा ठेक्का सम्झौता भएको थियो । कल्पतरुले २००९ को फेब्रुअरीमा प्रसारण लाइन बनाइसक्नुपर्नेमा पटक–पटक अवरोध आएपछि यसको समय थपिँदै आएको छ ।
प्रस्तुति: अभियान

No comments:

Post a Comment