Tuesday, April 30, 2013

जैविक ऊर्जाको छुट्टै रणनीति ल्याइने

BiomassSourcesLand
सरकारले जैविक ऊर्जा प्रवद्र्धनका  लागि छुट्टै रणनीति ल्याउने भएको छ । मुलुकको राष्ट्रिय ऊर्जा रणनीतिले जैविक ऊर्जा मुद्दा पूर्ण रूपले समेट्न नसकेकाले अलग्गै रणनीति बनाउन लागिएको हो । मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रममा सरोकारवालाले जैविक ऊर्जापनि महइभ्वपूर्ण पक्ष भएकाले यसलाई प्रवद्र्धन गर्न छुट्टै नीति आवश्यका रहेको बताए । जर्मन विकास सहयोग नियोग (जीआईजेड) को सहयोगमा सञ्चालित नेपाल इनर्जी ईफिसियन्सी प्रोग्राम (नीप) को सहभागितामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जैविक ऊर्जा रणनीति निर्माणको काम अगाडि बढाएको छ ।नेपालमा जैविक ऊर्जालाई महतबपूर्ण ऊर्जाको स्रोतका रूपमा मानिएको छ । रणनीति निर्माणका लागि सरोकारवालाहरूसँग राय, सुझाव र निष्कर्षका आधारमा जैविक ऊर्जा रणनीतिको मस्यौदा तयार गरिने भएको छ । राष्ट्रिय ऊर्जा रणनीतिको एउटा अंशको रूपमा रहने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक नवराज ढकालले बताए । रणनीति सन् २०१३ को अन्त्यसम्ममा निर्माण भइसक्ने बताइएको छ । नेपालको जैविक ऊर्जाक्षेत्रको व्यवस्थापनमा रहेको चुनौती दिको विश्लेषण गरी व्यवस्थित र दिगो पहिचान गर्नु नीतिको उद्देश्य रहेको छ ।
साथै सुशासन, गरीबी निवारण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, स्वस्थ्य र जलवायु परिवर्तनजस्ता विषयलाई समावेश गरी साझा धारणा बनाइनेछ । देशमा नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन तथा विकासका लागि केन्द्रले विभिन्न विकास साझेदारहरूको सहयोगमा जैविक ऊर्जा प्रविधिको प्रवद्र्धन गर्दै आएको छ । केन्द्रले विभिन्न सरकारी, निजी तथा गैरसरकारी साझेदारहरूको सहभागितामा हालसम्म देशभर ६ लाख ६० हजारभन्दा बढी घर परिवारमा सुधारिएको चुलो र लगभग ३ लाख घरपरिवारमा बायोग्यासको प्रवद्र्धन गरिसकेको छ । सन् २०१२ को जुलाई १६ देखि केन्द्रले नेपाल सरकार तथा विभिन्न विकास  साझेदारहरूको हयोगमा राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम शुरू गरेको छ । यस कार्यक्रमको जैवीक ऊर्जा सहएकाइअन्तर्गत २०१७ सम्ममा थप ४ लाख ७५ हजार उच्च गुणस्तरका सुधारिएको चुल्हो प्रवद्र्धन गर्ने तथा चुल्होको परीक्षणलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । देशमा ४०   लाखभन्दा बढी घरपरिवार अभैm पनि खाना पकाउन दाउरा, गुइँठालगायतका जैविक ऊर्जामा नै निर्भर  । हालैमात्र नेपाल सरकारले ‘सन् २०१७ सम्ममा देशका सम्पूर्ण घरपरिवारहरूमा स्वच्छ ऊर्जाका प्रविधि पुर्‍याई घरभित्रको धूँवामुक्त नेपाल बनाउने’ योजना घोषणा गरेको छ । यो घोषणाले समेत नयाँ रणनीतिको सान्दर्भिकता अझ बढाएको छ ।
प्रस्तुति: अभियान

No comments:

Post a Comment