Sunday, April 7, 2013

समग्र ऊर्जाका विषयमा सोच्नुपर्छ

 दीपेन्द्रबहादुर क्षत्री
सन् १९९६ मा हरिमान श्रेष्ठले विद्यावारिधिको थेसिस लेख्ने क्रममा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट छ भन्ने तथ्यांक ल्याउनु भएको थियो । अहिले उहा“स“ग नै गएर छलफल ग¥यौं भने पनि त्यसको यकिन तथ्यांक निकाल्न आवश्यक गृहकार्य गरे हुन्छ भन्ने जवाफ दिनसक्नु हुन्छ भन्ने लाग्छ । मस“गको व्यक्तिगत छलफलका बेला उहा“ले त्यो कुरा राख्दै पनि आउनुभएको छ । डा. हरिमान श्रेष्ठले एउटा आधार तयार गर्नुभयो । त्यसमा आधारित रहेर त्यसको आधा जति आर्थिकरूपमा सम्भव रहेको भनिएको छ । तर, सम्भावनाको २ प्रतिशत पनि हामीले उपयोग गर्न सकेका छैनौं । त्यसकारण सम्भावना छ, मात्रै भनेर हु“दैन । जलस्रोतका अतिरिक्त ऊर्जाको क्षेत्रमा रहेका वैकल्पिक स्रोतहरूको विषयमा पनि हामीले नजरअन्दाज गर्न नहुने अवस्था छ ।
नेपालको ऊर्जा क्षेत्रमा ल्याइएका नीतिका सम्बन्धमा सबैभन्दा धेरै प्रश्नहरू तेर्सिएको तर पनि नीति राम्रो भयो भने कार्यान्वयन राम्रो हुनसक्छ । हामीले के कुरामा विचार गर्नुपर्छ भने जहिले–जहिले हिउ“द आउ“छ, त्यतिबेला मात्रै लोडसेडिङका कुरा गर्ने अरू बेला चुप लागेर बस्नु हु“दैन । अब हामीले केवल जलविद्युत्को कुरा गरेर हु“दैन् समग्र ऊर्जा क्षेत्रका विषयमा छलफल हुन जरुरी छ । एकको परिपूरक अर्को हो भने त्यसको नजरअन्दाज गर्न मिल्दैन । इनर्जी मिक्सबाट काम गर्न सकिन्छ भने अगाडि बढ्नुपर्छ । ऊर्जाका क्षेत्रमा सक्रिय व्यक्तिहरूले सधैं भन्ने गरेको कुरा हामीस“ग ‘पावर एक्सचेन्ज एग्रिमेन्ट’ भयो जबसम्म पावर ट्रेडिङ एग्रिमेन्टमा रूपान्तरण गर्न सकिँदैन तबसम्म जे जति गफ गरे पनि हामी गफैमा मात्र भुल्छौं । अरू कुरा हुन सक्दैन । विद्युत्को मूल्यको कुरा गर्दा भारतले हामीस“ग बार्गेनिङ गर्छ । हामीलाई खा“चो हु“दा ११ रुपैया“ तिरेर भारतबाट विद्युत् ल्याउने बाध्यता छ, त्यस विषयमा  हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । त्यसैले पनि पञ्चेश्वरलगायतका ठूला आयोजनाहरूबारे राष्ट्रिय दृष्टिकोणबाट पनि सोचिनुपर्छ ।
नेपाल विद्युत् प्राधिकरणले उत्पादन, प्रसारण र वितरणजस्ता सबै विषयमा एकाधिकार प्राप्त गरी मोनोपोली गरिरहेको छ, भन्ने गरिरहेको स्थितिमा पनि महसुल १५ वर्षसम्म बढाउन नपाइने अवस्था विद्यमान छ । प्राधिकरणलाई चुस्त बनाउन प्रसारणलाइनका निम्ति छुट्टै कम्पनी खडा गर्ने भन्ने कुरा पनि अगाडि सारिएको थियो । तर, प्राधिकरणभित्रैबाट हु“दैन खबरदार † भन्ने गरिएको पनि छ । सरकारले यी सबै कुरालाई विचार गरेर यस विषयमा ढिलाइ गरेको होला भन्ने मैले महसुस गरेको छु । तर यो ढंगबाट जान सकिएन भनेदेखि हामीले ऊर्जाको क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन नसक्ने अवस्था आउन सक्छ ।
प्रसारणलाइनको क्षेत्रमा निजी क्षेत्रले पनि केही चासो दिएर हामी पनि योगदान दिन्छौं भनेर राष्ट्रिय योजना आयोगमा निवेदन दिएपछि ऊर्जा मन्त्रालयस“ग यसको राय मागिएको थियो । ऊर्जा मन्त्रालयले ढिलै भए पनि राय दियो । यदि कुनै करिडोरमा उत्पादकबाट प्रसारणलाइनमा पनि हामी अगाडि बढ्छौं भन्ने प्रस्ताव आयो भने नेपाल विद्युत् प्राधिकरणलाई बिजुली दिने गरी प्रसारणलाइन निर्माण  गर्न सक्छ । त्यसको रोयल्टीलगायतका विषयमा छलफलबाट पछि तय गर्ने भन्ने नीति बनाउनुपर्ने उल्लेख गरिएको छ । ऊर्जा क्षेत्रमा केही ह“ुदै नभएको होइन तर, अहिले हामीले लोडसेडिङको जति ठूलो समस्या भोगिरहेका छौं । त्यसको तुलनामा भने खासै भएको छैन । यद्यपि, मुलुकको वर्तमान अवस्थालाई आत्मसात गर्दै आशावादी हुनुपर्छ । लोडसेडिङ सबैको समस्या हो । यसको समाधानका लागि सम्पूर्ण उपायहरू खोजिनुपर्छ । त्यसैका निम्ति प्रधानमन्त्रीले लोडसेडिङलाई दैनिक १२ घण्टाभित्र सीमित गर्नुपर्छ भन्ने प्रस्ताव ल्याउनुभएको हो । त्यसो भन्दाभन्दै पनि लोडसेडिङको समयावधि बढ्ने गरेको छ । प्राविधिकरूपमा नै सम्भव नभएपछि त्यसो भएको हो ।
जलविद्युत्मा रेमिट्यान्सको लगानी गर्ने विषयमा धैरै छलफल भएका छन् । यो धेरैले उठाउने विषय पनि हो । बैंकिङ च्यानलबाट नेपालमा बार्षिक ५ अर्ब रुपैया“ रेमिट्यान्स आउ“छ, भनिएको छ । नेपाल राष्ट्र बैंकले दुई पटकसम्म रेमिट्यान्सबाट १ अर्ब रुपैया“को फन्ड स्थापना गर्ने भनेर प्रयास ग¥यो । ४० प्रतिशतभन्दा बढी प्राप्त हुन सकेन । सरकारले जतिसुकै कन्भिन्स गर्ने प्रयास गरेर पनि सफलता हात पार्ने स्थिति अहिलेसम्म देखा परेको छैन । नागरिकले पनि देश विकासमा योगदान दिनुपर्छ भन्ने मानसिकताको विकास भई हात अगाडि नबढाउ“दासम्म काम गर्न गाह्रो छ । (राष्ट्रिय योजना आयोेगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले इनर्जी मिडिया मिसनको शुभारम्भ कार्यक्रमका अवसरमा व्यक्त गरेको विचारको सम्पादित अंश)

No comments:

Post a Comment