Wednesday, April 17, 2013

पीडीए वार्ता गर्न समिति

 Power development agreements

लगानी बोर्डले आयोजना विकास सम्झौता -पीडीए) अगाडि बढाउन समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको संयोजकत्वमा गठित समितिले मुख्य ४ आयोजनासँगको छलफल अगाडि बढाउने छ । समितिमा विद्युत् विकास विभागका महानिर्देशक अनुप उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारी र बोर्डकै सहसचिव मुकुन्द पौडेल सदस्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ । यो समितिले माथिल्लो कणर्ाली, माथिल्लो मस्र्याङ्दी, अरुण ३ र तामाकोसी ३ का प्रवर्द्धकसँग वार्ता अगाडि बढाउने छ । वार्ताका लागि पीडीएको आधारपत्र -टेम्पलेट) बोर्डले तयार पारिसकेको छ । विज्ञप्ति अनुसार लगानीकर्तालाई उक्त आधारपत्र दिइसकिएको छ । यी ४ आयोजनाको उत्पादन क्षमता ३ हजार ४० मेगावाट छ । जसमध्ये तामाकोसीले २१ प्रतिशत निःशुल्क बिजुली र माथिल्लो कणर्ालीले १२ प्रतिशत बिजुली र २७ सेयर सरकारलाई निःशुल्क दिने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् ।
@  कान्तिपुर

No comments:

Post a Comment