Wednesday, April 17, 2013

कुलेखानीमा आगलागी

हेटौंडा स्थित कुलेखानी जलविद्युतमा दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको विद्युत ट्रान्सर्फमरमा गए राति आगलागी भएको छ ।
आगलागीबाट तीनवटा विद्युत ट्रान्सर्फमर र २५ करोड रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको  नोक्सान आयोजना प्रमुख कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो।
आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पदन हुने ३२ मेगावाट विद्युत् उत्पादन हिजो रातीबाटै अवरुद्ध भएको छ । नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौडाका दमकलले करिब दुई घण्टा पछि सो आगा नियन्त्रणमा लिएको थियो।

No comments:

Post a Comment