Sunday, April 7, 2013

भूमिगत संरचना निर्माणमा नेपाली व्यवसायी सक्षम छैनन्

जयराम लामिछाने, अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

नेपालमा अहिले सानादेखि ठूला आयोजनासम्म विदेशी निर्माण कम्पनीहरु आइरहेका छन्, यसो हुनुमा यहा“का निर्माण व्यवसायीहरुको क्षमता नभएर हो ?
त्यसो होइन,  सानो काममा पनि विदेशी र ठूला काममा पनि विदेशी हुनुमा दुईवटा पाटो छ । एउटा पाटो भनेको विदेशीहरुस“ग नेपाल सरकारले सम्झौता गर्दा जुन देशले लगानी गर्छ, सो देशका निर्माण कम्पनीमार्फत आयोजना सञ्चालन गर्ने सम्झौता गरेको हुन्छ । ऋण सम्झौताको कारणले सानो आयोजनाहरुमा पनि विदेशी देखिने गरेका हुन् । त्यस्तै ठूला आयोजनामा विदेशीहरु देखिनुका पछाडि नेपालको सार्वजनिक खरिद ऐन २०६३ ले आयोजनाको आकारको डेढ गुणा ‘टर्न ओभर’ र त्यस्तै प्रकृतिको काम गरेको अनुभवी कम्पनीलाई दिइने भएकाले बाध्य भएर नेपाली निर्माण व्यवसायीहरुले विदेशीको लाइसेन्स र विदेशी निर्माण कम्पनी बोलाउनुपर्ने अवस्था छ । विशेष गरेर जलविद्युत् र भूमिगत काममा नेपालीहरुको दक्षता नभएकोले विदेशीहरु आउनु स्वभाविकै हो । तर, त्यसभन्दा बाहेक अन्य काममा भने नेपालीहरुले नै गर्न सक्ने अवस्था छ ।
सार्वजनिक खरिद ऐनमा खास त्यस्तो के समस्या भएर लाइसेन्स र नाम किन्नुपरेको हो ?
सार्वजनिक खरिद ऐनमा १ अर्बको काम गर्नका लागि कम्पनीको डेढ अर्ब कारोबार क्षमता देखिनुपर्दछ । त्यस्तै प्रकृतिको कम्पनीले काम गरेको अनुभव देखिनुपर्ने ऐनले उल्लेख गरेको छ । त्यसकारण नेपाली व्यवसायीहरुले कागजी क्षमता प्रस्तुत गर्न सक्दैनन् । तर, डेढ अर्बको कारोबार गर्न सक्ने क्षमता राख्छन् । त्यसकारण पनि विदेशीको लाइसेन्स र नाम खरिद गर्नुपरेको हो । त्यसमा विदेशी व्यवसायीको संलग्लता हु“दैन । सबै जोखिम नेपाली कम्पनीले लिन्छन् । सार्वजनिक खरिद ऐनका कारण कागजै भए पनि किनेर हालिएन भने बोलपत्र अयोग्य हुुने र सम्झौता नहुने समस्या छ । त्यसकारण बाध्य भएर विदेशीको फर्म किन्नुपरेको हो ।
    यहा““का अधिकांश आयोजनामा विदेशी देखिनुमा नेपाली निर्माण व्यवसायीहरु परम्परागत ढंगले सञ्चालन भएका कारण पनि हो भनिन्छ नि ?
होइन, नेपालमा अहिले हामीस“ग हरेक किसिमका यन्त्र, उपकरण छन् । विदेशी कम्पनी ल्याउनुपर्ने मुख्य कारण भनेको वार्षिक कारोबारको क्षमता र त्यस्तै प्रकृतिको काम गरेको कम्पनीलाई प्राथमिकता दिने सरकारी प्रवृत्तिका कारण विदेशी कम्पनीमार्फत काम हुने गरेको हो । कागजको खोस्टो किन्नुबाहेक अरु केही होइन, नेपाली निर्माण व्यवसायीहरु पनि आधुनिक तवरले निर्माण गर्न सक्षम भएका छन् ।
विशेष गरी जलविद्युत्का क्षेत्रमा विदेशी कम्पनी देखिएका छन्, जलविद्युत्को आयोजना निर्माण गर्न नेपाली निर्माण व्यवसायीले नसक्ने नै हुन् ?
भूमिगत संरचना तथा टनेल निर्माण गर्ने एकाध मात्रै नेपाली निर्माण व्यवसायीहरु छन् । कतिपय आयोजनाहरुमा भूमिगत रुपमै पावरहाउस निर्माण गर्नुपर्ने हुन्छ । ती यन्त्र, उपकरण र प्रविधिमा नेपालीे कमजोर नै छन् । यस्ता आयोजनाहरुमा नेपाली र विदेशी सहकार्य गरेर जान जरुरी छ । तर, सरकारले नेपालीको साझेदारीे संलग्नताको बाध्यकारी व्यवस्था गरेको छैनन् । त्यसो हुनाले ठूला आयोजनाहरुको काम विदेशी कम्पनीहरुले हात पार्न सफल हुने भएका छन् ।
हामीले सार्वजनिक खरिद ऐनमा संशोधन गरी कम्तीमा १० प्रतिशत नेपाली व्यवसायीको सहभागिता अनिवार्य गर्न सरकारस“ग माग गरेका छौं । त्यसो हुन सके टनेल तथा भूमिगत संरचना बनाउनेतर्फ नेपाली व्यवसायीहरुले सिक्न पाउने थिए । यस्ता आयोजना निर्माण गर्न यहा“का व्यवसायी सक्षम छैनन् तर, अन्य कुनै पनि काम गर्न नेपाली निर्माण व्यवसायीहरु सक्षम छन् ।
नेपाली निर्माण व्यवसायीलाई  विश्व बजारमा चिनाउने भनेको जलविद्युुत क्षेत्र हो । तर, यसतर्फ तपाईंहरुको ध्यान दिएको त देखि“दैन ?
 अहिले विशेष गरेर सुरुङ र भूमिगत संरचनाबाहेक भूमिगतभन्दामाथिको पावर हाउसलगायत सबै काम गर्न नेपाली सक्षम छन् । काम गर्दै पनि आएका छन् । ठूला लागतका योजनामा नेपालीहरुको टर्न ओभर उस्तै प्रकृतिको कम्पनीस“ग मागिने भएकोले नेपालीको पहु“चभन्दा बाहिर भएको हो । खरिद ऐन सरलीकृत गर्दा या उक्त प्रावधान हटाउने बित्तिकै नेपालीहरु स्थापित हुन्छन् । नेपालमा प्रशस्त जलभण्डार भएकाले त्यस्ता आयोजना सञ्चालन गर्र्न हामी व्यवसायीको चासो पनि बढेको छ । काम गर्न उत्साहित पनि छौं । त्यस्तै, नेपालका जुनसुकै आयोजनामा पनि विदेशी कम्पनी आउ“दा कम्तीमा पनि १० प्रतिशत हिस्सा नेपाली कम्पनीलाई अनिवार्य बनाउन पहल गर्नका लागि नेपाल सरकारस“ग छलफल भइहेको छ । काम प्रतिस्पर्धी बनाउन नेपाल सरकारस““ग कार्यदलको माग गरेका छौं ।
अहिले नै तपाईंहरु विदेशीहरुस“ग प्रतिस्पर्धा गर्न सक्नुहुन्न  ?
सार्बजनिक खरिद ऐनमा विविध सम्बोधन गर्नुपर्ने अवस्था छ । ऐनले नेपाली निर्माण व्यवसायीलाई धेरै मर्का पारेको छ । वार्षिक औसत कारोबार घटाउनुपर्दछ  र काम गरेको अनुभव माग्दा सरलीकृत गरिनुपर्दछ । यी दुईवटा सुधार भए नेपाली निर्माण व्यवसायीहरु बढी प्रतिस्पर्धी भएर उत्रिने अवस्था आउन सक्छ ।
जलविद्युत्कै कुरा गर्दा, कति मेगावाट क्षमतासम्मका आयोजना निर्माण गर्न नेपाली निर्माण व्यवसायीहरु सक्षम होलान् ? 
मैले अघि नै भनिसकेँ सुरुङ र भूमिगत संरचना निर्माणका लागि नेपालीले विदेशी निर्माण कम्पनीस“ग सम्झौता गर्नुपर्दछ । त्योभन्दा अन्य काम गर्न नेपाली सक्षम छन् । सयौं या हजारौं मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न नेपाली निर्माण व्यवसायीहरु सक्छन् । विदेशी निर्माण कम्पनीस“ग प्रतिस्पर्धी बन्न महासंघमार्फत नया“ कार्यक्रम पनि अघि सारेका छौं । नेपाली निर्माण व्यवसायीहरुलाई नेपालबाहेक अन्य मुलुकमा कसरी लैजान सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ । विशेषगरी सार्क मुलुक, खाडी मुलुकलगायतमा यहा“का व्यवसायी लैजान शुरू गरेका छौं । तर, अहिलेको अवस्थामा २०२० सालमा बनेको ऐनका कारण यहा“को पु“जी लगेर विदेशमा काम गर्न सक्ने स्थिति छैनन् । यहा“बाट रकम लिएर सहजै विदेशमा पनि काम गर्ने वातावरण निर्माण भए हामी विदेशी कम्पनीस“ग पनि प्रतिस्पर्धा गर्न सक्ने थियौं ।
कतिपय आयोजनाहरु न्यून गुणस्तरका हुने गरेका छन्, बनाएको केही दिनभित्रै भत्किनाले निर्माण व्यवसायीको विश्वसनीयता नै गुमेको छ, यसतर्फ यहा“को धारणा के छ ?
सर्वप्रथम त योजना बनाउनेले गुणस्तरहीन योजना बनाएको छ भने त्यसको उत्पादन पनि गुणस्तरहिन नै हुने गर्दछ । जस्तो योजना, त्यस्तै काम हुने हो । त्यसकारण योजना बनाउनेहरुले गुणस्तरयुक्त योजना बनाउन आवश्यक छ । अहिले कतिपय कम गुणस्तरयुक्त योजनाहरु  तर्जुमा भइरहेका छन् । राज्यको कूल बजेटमध्ये १५ प्रतिशत मात्र विकास निर्माणमा विनियोजन गर्ने गरेको छ । यो त टालटुल गर्न पनि पुग्दैनन् । राज्यले कम्तीमा पनि ५१ प्रतिशत विकास बजेट विनियोजन गर्न आवश्यक छ । त्यस्तै इन्जिनियर, सरकारी कर्मचारीहरु पनि जिम्मेवार हुन आवश्यक छ । त्यस्तै असुहाउ“दो आर्थिक वर्ष, राजनीतिक तथा स्थानीय दबाबका कारण पनि छिट्टै आयोजना सम्पन्न गर्नुपर्ने भएकाले केही आयोजनाहरु छिट्टै बिग्रने, भत्कने गरेका हुन् । 
    नेपाली निर्माण व्यवसायप्रति समाज तथा राष्ट्रको हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
नेपाली निर्माण व्यवसायीहरुले पनि आफू जिम्मेवार हुनुपर्ने अवस्था छ । आफू जिम्मेवार हुनेबित्तिकै अर्को पक्षको हेर्ने दृष्टिकोण जिम्मेवार भएर आउ“छ । अर्को पक्ष के हो भने सबै पक्ष गैरजिम्मेवार छ । त्यसमा नेपाली निर्माण व्यवसायी पनि अछुतो छैन । हालै भैरहवामा सम्पन्न १५औं साधारणसभाले पनि गैरजिम्मेवार व्यवसायीलाई संरक्षण नगर्ने र कारवाहीका लागि सघाउने प्रतिबद्धता पनि जाहेर गरेका छौं ।
निर्माण व्यवसायमा मजदुरको समस्या कत्तिको छ ?
निर्माण क्षेत्रमा मजदुर आउने भनेको काम सिक्नलाई मात्रै छ । यहा“ दक्ष भएर म्यानपावरमार्फत विदेश जाने गरेका छन् । राजनीतिक द्वन्द्वका कारण मजदुर पलायन हुने गरेका छन् । नेपालमा मलेसिया, कतारको भन्दा कम छैनन्, तर यहा“ बढ्दो मह“गी र महिनासम्म दुःख गरेर कमाएको पैसा लुटेराहरुको हातमा जाने गरेका कारण उनीहरु विदेश जान चाहन्छन् ।
 

No comments:

Post a Comment