Tuesday, April 30, 2013

पश्चिम सेती छिटो सुरु गर्न स्थानीयको माग

west seti2
धनगढी – पश्चिम सेती जलविद्युत आयोजना छिटो सुरु गर्न स्थानीयले माग गरेका छन्। पश्चिम सेती बन्ने नाममा १५ वर्षदेखि कुनै विकास नपाएर मर्कामा परेका स्थानीयले यस्तो माग गरेका हुन्।
‘प्रभावित र डुबान क्षेत्रका हामी १० हजार बासिन्दा पश्चिम सेती आयोजना रोकिँदा विकासबाट बञ्चित छौं,’ पश्चिम सेती मूल सरोकार समितिका अध्यक्ष रतन साउदले भने, ‘एक वर्षयता आयोजनाबारे कुनै सूचना नपाउँदा हामी अन्योलमा परका छौं।’
आयोजना निर्माण अघि बढाउन चिनियाँ कम्पनी थि्र गर्जेजसँग सम्झौता भएपछि प्रभावित क्षेत्रका बासिन्दा उत्साहित भएको राजु भट्टराईले बताए।
‘हामी उत्साहित भएका थियौं। तर अहिले कुनै सूचना नपाउँदा अन्योल र निराशा बढेको छ,’ उनले भने। चिनियाँ कम्पनीसँगको सम्झौताको विरोधसमेत भएको थियो। पछि नेपाल लगानी बोर्डले आयोजना अघि बढाउने निर्णय सरकारले गरेको थियो। तर एक वर्षयता आयोजनाको काम कारबाही कहाँ पुग्यो भन्ने जानकारी सार्वजनिक भएको छैन।
प्रभावित क्षेत्रका गाउँमा आयोजना आउने भन्दै सरकारले कुनै योजना नदिँदा नदीको पानी खानुपरेको साउदले बताए। आयोजनाको चर्चा चलेदेखि प्रभावित क्षेत्रका बासिन्दाले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सिँचाइ कुलोजस्ता महŒवपूर्ण विकास योजनाबाट बञ्चित हुनुपरेको उनीहरुले बताएका छन्। ‘खानेपानी दिनुहोस् भन्दा आयोजना आउँछ भनेर दिएनन्। कुलो देऊ भन्दा पनि दिएनन्,’ भट्टराईले भने।
सन् १९९४ देखि चर्चामा आएको पश्चिम सेती ७ सय ५० मेगावाट विद्युत उत्पादन हुने जलाशययुक्त आयोजना हो। १७ वर्षअघि जिम्मा पाएको अस्टे्रलियाको स्मेक कम्पनीले आयोजनाका लागि रकम जुटाउन नसकेपछि सरकारले सम्झौता तोडेको थियो। पोहोरमात्रै थि्र गर्जेजलाई आयोजना निर्माणको जिम्मा दिएको हो।
आयोजनाबाट बझाङका ५, डोटीका ७, बैतडीका ४ र डडेल्धुराका १ गरी १७ गाविसका ४० वडाका करिब तीन हजार घरपरिवार प्रभावित हुनेछन्। उनीहरु विस्थापित हुनुपर्ने भएकाले विकास निर्माणका काम नगरिएको हो।
Source : Nagarik

No comments:

Post a Comment