Wednesday, April 24, 2013

उर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीद्धारा युएईलाई आग्रह


sp koriala
 अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालको विद्युतीय उर्जाका क्षेत्रमा लगानी गर्न युनाइटेड अरब इमिरेट्स सरकारसँग आग्रह गर्नुभएको छ । नेपालका लागि युएईका राजदूत महम्मद सुल्तान अल वेससँग मंगलबार राजधानीमा भएको भेटवार्तामा उहाँले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहनुभएका कोइरालाले लगानीको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने धारणा राजदुत वेससँग राख्नुभयो । नेपालमा लगानीको अनुकुल वातावरण बनेकाले युएईका उद्यमीहरुलाई लगानीका लागि उत्प्रेरित गरिदिन राजदूत समक्ष आग्रह गर्नुभयो । भेटवार्तामा राजदूत वेसले नेपालमा लगानीको सम्भाव्यता अध्यायनका लागि युएईको व्यापारिक प्रतिनिधिमण्डल छिट्टै काठमाडौं आउने तयारीमा रहेको जानकारी दिनुभयो ।
नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरु सकरात्मक रहेको उहाँको भनाई थियो । एक्स्पो २०-२० मा युएईले उम्मेदवारी दिएकोले नेपालको तर्फबाट सघाउन अर्थमन्त्री कोइरालालाई अनुरोध गर्नुभयो ।
Source : Online Khabar

No comments:

Post a Comment